
नयाँ विकल्प
इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ ।
इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् ।
यहाँको औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले सो कुराको जानकारी दिए ।
उनका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको बताए । इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको बताए ।
यहाँ यो खोप सबैभन्दा पनि यहाँका स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । तर पछि यो खोप यहाँका सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् ।
उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ ।
सरकारले यो शुरुको डोज यहाँका स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिने छ भने अरु खोप सर्वसाधारणका लागि पनि दिइने बताइएको छ ।
यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार शुरुमा यो खोप स्वास्थ्यकर्मी हुदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने भएका छन् ।– (रासस÷सिन्ह्वा)
काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...