मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर


नयाँ बिकल्प,
काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई बीर अस्पतालबाट रिफर गरी नर्भिक अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

बीर अस्पतालबाट रिफर भई शुक्रबार बिहान २ः ४५ बजे नर्भिक अस्पतालको भइमर्जेन्सी विभागमा भर्ना गरिएका ५८ वर्षे जोशीको सिटिस्क्यान गर्दा दायाँतर्फ मस्तिष्कघात भएको देखिएकोले तुुरुन्तै शल्यक्रिया गरिएको थियो ।

नर्भिकको सघन उपचार कक्षमा न्युरो सर्जन डा. राजिव झाको टोलीको नेतृत्वले आवश्यक उपचार तुरुन्त गरिएकोमा बिहान ८ः३० बजे झा र उनको टोलीले इभीडी इन्सर्सन गरी एमआईसीयूमा राखेर उपचार भइरहेको अस्पताले जनाएको छ ।

उपचारमा संलग्न डा. झाले अझै तीन चार दिनसम्म राखेर उपचार गर्दा स्वास्थ्य स्थिति स्थिर भएपछि मात्र केही भन्न सकिने बताए ।

उपचारमा संलग्न डा. झाले अझै तीन चार दिनसम्म राखेर उपचार गर्दा स्वास्थ्य स्थिति स्थिर भएपछि मात्र केही भन्न सकिने बताए । उनले जोशी वाँच्ने आशा रहीरहेको बताए । उनले संसारमा यस्तो अवस्थाका विरामीमध्ये ७० प्रतिशत बाँच्न नसक्ने र ३० प्रतिशत वाँचे पनि जटिल पक्षघात हुने बताए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १४, १६: ५३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १४, १६: ५३

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १४, १६: ५३

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...