चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई


नयाँ बिकल्प
काठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी छिमेकी मुलुक भारतका राजदूतहरुले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग शुक्रबार बिहान भेट गरेका छन् ।

चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले सभापति देउवालाई भेटेर विकसित राजनीतिक घटनाक्रम र प्रतिनिधिसभाको आगामी १० दिन भित्रै बस्ने बैठकले लिने महत्वपूर्ण निर्णयका बिषयमा छलफल गरेका छन् ।

सर्वोच्च अदालतले केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई फागुन ११ गते बदर गरेसँगै उनीहरुको सक्रियता बढेको हो । देउवासँग बुढानिलकण्ठमा भएको भेटका क्रममा दुई छिमेकी राजदूतले देशमा विकसित राजनीतिक घटनाक्रमबारे जानकारी लिएका थिए ।

प्रतिनिधि सभामा तेश्रो ठूलो दल नेपाली कांग्रेसका सभापति देउवासँग यसअघि नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले देउवा निवासमै गएर भेट गरेका थिए ।

औपचारिक फुटको संघारमा पुुगेको नेकपालाई पुनः एकीकृत गर्न चिनियाँ राजदूत यान्छीको दौडधुप पछिल्ला समयमा बृद्धि हुँदै गएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १४, १७: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १४, १७: २६

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १४, १७: २६

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...