फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा लागेका छन्।

सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुनःस्र्थापनाको फैसलासँगै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश दिएबमोजि आगामी फागुन २२ वा २३ गते अधिवेशन आव्हानको सिफारिस गर्ने विषयमा प्रधानमन्त्री ओली परामर्शमा लागेको बालुुवाटार स्रोतले जनायो ।

ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको आफुले पाएको जानकारी दिएका थिए ।

संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने ओली पक्षको तयारी रहेको सो पक्षका नेताहरुले बताएका छन् ।

शुक्रबार ओलीले बालुवाटारमा आफु निकटका नेताहरूसँगको भेटमा पार्टीभित्र समस्या रहेको भन्दै आफुले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको भन्दै अब आउने चुनौतीलाई फेस गर्दै जाने बताएका थिए ।

ओलीले शुक्रबार मात्रै आफूूलाई छोडेर प्रचण्ड–माधव पक्षमा लागेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १४, १७: ४१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १४, १७: ४१

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १४, १७: ४१

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...