स्थानीय जनप्रतिनिधिहरुले जनताको पीरमर्का बुझ्नलाई घर–घरमै जानुपर्ने भएकाले हामीहरु व्यस्त हुने गरेका छौं – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

स्थानीय जनप्रतिनिधिहरुले जनताको पीरमर्का बुझ्नलाई घर–घरमै जानुपर्ने भएकाले हामीहरु व्यस्त हुने गरेका छौं

वीरगञ्ज महानगरपालिका नारायणी अञ्चलको पर्सा जिल्लामा पर्छ । श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२–१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगञ्ज नामाकरण गरिएको हो । त्यहाँ गहवामाई मन्दिर पनि रहेको छ ।

यसलाई नेपालको सबैभन्दा महत्वपूर्ण व्यापारिक तथा पारवहन नाका भनेर चिनिन्छ । यहाँबाट नेपालले भारतलगायत अन्य मुलुकहरूसम्म आयात निर्यातको काम गर्दछ । चितवन, काठमाडौँ तथा पोखराका लागि सामान पैठारी गर्नुका साथै देशको मुख्य औद्योगिक नगरी पनि हो ।

ठाकुरराम क्याम्पसका साथै केही अरू कलेज तथा विद्यालय, नारायणी अञ्चल अस्पताललगायत केही नर्सिङहोमसमेत रहेको वीरगञ्जमा अञ्चल र जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि छन् ।

यिनै ऐतिहासिक महत्वले भरिपूर्ण वीरगञ्ज महानगरपाकालिको समसायिमक विषयमा केन्द्रित रहेर नगर प्रमुख विजयकुमार सरावगीसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः

नगर प्रमुखको हैसियतले के गर्दै हुनुहुन्छ ?
हाम्रो काम दिनभरि योजना तर्जुमाहरुको अनुगममा विभिन्न वडामा जाने त्यहाँ भएका विकास निर्माणका कामको अनुगमन गर्ने हो ।

अहिले स्थानीय जनप्रतिनिधिहरुले जनताको पीरमर्का बुझ्नलाई घर–घरमै जानुपर्ने हुन्छ । त्यसैले पनि हामीहरु व्यस्त हुने गर्दछौं । यसरी जनताकै आवश्यकता परिपूर्तिको लागि व्यवस्त रहन्छौं ।

जनताको कामका लागि घरदैलोमै जानुहुन्छ ?
अरु सबैले यसै गर्दछन् भन्न सक्दिँन । म चाहीं जनताको घरदैलोमै पुगेर पीरमर्का बुझ्ने गर्छु । त्यसैले अहिले अन्यको तुलनामा कार्यव्यस्तता बढेको हो ।

तपाईं त कोरोनो कहरमा पनि पर्नुभयो, त्यसबेला आपूm र जनताको ज्यान जोगाउन कत्तिको समस्या भयो ?
कोरोना कहर पार गर्न त्यति सजिलो काम थिएन । त्यो सबैलाई थाहा भएकै कुरा हो । नयाँ रोग जसको उपचार पनि थिएन ।

वीरगन्ज कोरोनाको पहिलो इपी सेन्टरै भएको तपार्इंलाई थाहै छ । म लगायत मेरा परिवार र वीरगन्ज महानगरपालिकाका कर्मचारीसमेत संक्रमित भए ।

धेरै ठूलो संकटको सामना गर्नुप¥यो । त्यही पनि हामीले धैर्यतापूर्वक जनताको ज्यान जोगाउन क्वारेन्टाइन, आइसुलेसनलगायतको व्यवस्था मिलाइयो । क्वारेन्टाइनमा बस्नेलाई खाने व्यवस्थादेखि कोरोना अस्पतालसमेत सञ्चालन गरियो ।

त्यसमा आवश्यक चिकित्सक र कर्मचारीको व्यवस्था गरियो । यसरी आफैं संक्रमित हुँदाहुँदै पनि संयमित ढंगले काम गरेर कोरोना नियन्त्रण र व्यवस्थापन गर्न हामीहरु सफल भयौं ।

कोरोनाले वीरगन्जमा आतंकै थियो, आफैं संक्रमित हुँदा पनि नियन्त्रण र व्यवस्थापन गर्न कसरी सफल हुनुभयो ?
सबैभन्दा पहिला त हामीले जनचेतना फैलाउने कामहरु ग¥र्यौं । त्यसलाई व्यवस्थापन गर्न प्रशासनले पनि राम्रै सपोर्ट ग¥यो । त्यसपछि संक्रमित टोलहरुमा स्वास्थ्य क्याम्पको पनि व्यवस्था गरियो ।

त्यति हुँदाहुँदै यहाँ कोरोना फैलियो । जसको कारण जनताहरु आतंकित र भयभित पनि भएका हुन् । नयाँ रोग त्यसमा उपचार हुने कारणले पनि त्यस्तो भएको हो । तर, जनप्रतिनिधि, प्रशासन, चिकित्सक, सामाजिक संघसंस्था र सञ्चारमाध्यम सबैको सक्रिय सहभागिता रह्यो ।

यसरी सबैको साथ, सहयोग सक्रियतामा नियन्त्रण र व्यवस्थापन गर्न सफल भएका हौं ।

कोरोना रोकथाम गर्न केन्द्र र प्रदेश सरकारबाट कत्तिको सहयोग पाउनुभयो ?
कोरोना नियन्त्रण र व्यवस्थापन गर्न जुन खालको सामना वीरगन्ज नगरपालिकाले गर्नुप¥यो । केन्द्र र प्रदेश सरकारले गर्नुपर्ने काममा हामीले हात हाल्नुप¥यो ।

प्रदेशबाट पनि केही सपोर्ट त पाएको हो । तर जसरी गर्नुपर्ने हो त्यो भएन । त्यसको लागि वीरगन्ज महानगरपालिका नै लागिपरेर नियन्त्रण ग¥योे ।

चुनावका बेला बाँडिएका आश्वासन अनुसार काम भएन भन्ने गुनोसा छन् नि ?
भनेअनुसारका सबै काम गर्न सकेँ भनेर त भन्न सक्दिँन । कोभिडको कारणले पनि भनेअनुसारको काम गर्न सकिएन ।

विकास निर्माणका कामहरु रोकेर पनि कोभिड नियन्त्रणा बजेट खर्च गरियो । कोभिडको बाबजुद पनि हामीले विकास निर्माणका कामलाई निरन्तरता दियौं । कोभिडले झन्डै एक वर्ष वाधा पु¥यो । त्यसपछि बाँकी रहेका काम सम्पन्न गर्न लागिपरेका छौं ।

अहिले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप छनि के भन्नुहुन्छ ?
वीरगन्ज महानगरपाकिलाकामा त्यस्तो खालको समस्या छैन । हरेक वडामा बजुट छुट्ट्याउँदा पारदर्शी ढंगले छुट्ट्याइदिन्छौं ।

यसरी विनियोजन बजेट वडा अध्यक्षको नेतृत्वमा समिति बनाएर गरिन्छ । मेरो महानगरपालिकामा वडा अध्यक्ष आफैं ठेकेदार भएर, आफैले डोजर किनेर भ्रष्टाचार गरेको पनि पाइएको छैन ।

जुनसुकै काम गर्दा पनि नेपाल सरकारले व्यवस्था गरेका कानुन अनुसार सम्पन्न गर्ने गरेका छौं । म जुन पार्टीबाट चुनाव जितेको भएपनि सम्पूर्ण जनताको मेयर भएर साझा रुपमा काम गरेको छु । आफ्ना कार्यकर्ता, पार्टी नहेरी सम्पूर्ण जनताको हितमा काम गर्दै आएको छु ।

तपाईंले त्यसो भनिरहँदा स्थानीयतह भ्रष्टाचारको अखडा भयो भन्ने चौतर्फी जनगुनासो छ नि ?
हामीहरुलाई खासै त्यस्तो आरोप लागिहालेको चाहीं छैन । हामीमाथि नगरपरिषद्, महालेखा परीक्षक, फोकल पर्सन् र उपभोक्ता समितिहरु हुन्छन् । यसरी नियन्त्रिण र निगरानीका लागि थुप्रै निकायहरु हुन्छन् ।

जसले हाम्रो क्रियाकलापलाई हेरिराखेका हुन्छन् । मेयरले मात्रै चाहेर पनि सबैतिर राम्रो हुने होइन । सकेसम्म निष्पक्ष ढंगले काम गर्ने प्रयत्न गर्ने हो । यदि कुनै ठाउँमा त्यस्तो समस्या छ भने हामीसँग राख्न पाउनुहुन्छ ।

धेरैको विचार, चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने भएकाले सय प्रतिशत ठीक छ त म भन्न सक्दिँन । धेरै जनप्रतिनिधि र निकायले काम गर्नुपर्ने भएकाले एकजनाको गल्तीले सिंगो महानगरपालिकालाई दोषी दिन मिल्दैन ।

यदि कसैबाट कमीकमजोरी भएको पाइएमा उचित कारबाही गरिन्छ । त्यसैले केही व्यक्तिको आलोचना र खुट्टा तान्ने प्रवृत्तिले सिंगो महानगरपालिका र कार्यरत कर्मचारी असफल छन् भन्न मिल्दैन ।

त्यसोभए तपाईं राम्रो काम गरेको छु भन्नेमा विश्वस्त हुनुहुन्छ ?
मेरो बलबुताले भ्याएसम्म दिलोज्यान दिएर जनताको काम गरेको छु । उपलब्ध साधन, स्रोतअनुसार सकेसम्म साझा रुपमा काम गर्ने प्रयास गरेको छु । अब केही व्यक्तिहरुको राजनीति प्रतिसोधमा खुट्टा तान्ने प्रवृत्ति हुन्छ ।

त्यस्ताबाट थोरबहुत विरोध, आलोचना हुनसक्छ । धेरै सिद्धान्त, विचार समूह भएको ठाउँमा सबैलाई खुसी राख्न त सकिँदैन । कुनै पनि काम गर्दै विभिन्न ठाउँबाट विरोध र अनुगमन र अनुसन्धान भइराखेको हुन्छ, हुनुपनि पर्छ ।

राम्रो कामको लागि गरिएको रचनात्मक विरोधको स्वागत पनि गर्छौं । खुट्टा तान्ने प्रवृत्तिले प्रतिशोष साँधेर विरोधका लागि विरोध मात्रै गरिएको छ भने प्रतिवाद पनि गर्छौं । तर, राम्रो कामको लागि गरिने रचनात्मक खबरदारीको हामी सधैं स्वागत गर्दछौं ।

तपाईं सम्पूर्ण वीरगञ्जवासीको साझा नगरप्रमुख हो ?
मैले यहाँको साधन, स्रोतले भ्याएसम्म सबैलाई साझा रुपले हेरेर काम गरेको छु । हामीले जुनसुकै निर्णय गर्दा पनि एकलौटी गरेका छैनौं । चाहे त्यो कार्यपालिका होस्, चाहे नगरसभाहरु होस् अथवा विभिन्न बैठकहरुमा सम्पूर्ण निर्णयहरु साझा सहमतिमा गर्दछौं ।

सहमतिबाट भएको निर्णयमा विवाद आउँदैन भनेर त्यसलाई अंगिकार गरेका हौं । वीरगन्ज महानरपालिकामा जेजतिले नेतृत्व गरेका छौं । सबैले मिलाएरै साझा सहमतिबाट काम अगाडि बढाएका छौं । अहिलेसम्म जुनसुकै काम पनि सबै जनप्रतिनिधिहरुको सहमतिबाटै गरिएको छ ।

तपाईले साझा नेतृत्वको विकास गर्नुभएको छ ?
जुन काम गर्दा पनि हामी सर्वसम्मत रुपमा अगाडि बढ्छौं । दीर्घकालीन काम गर्नुछ भने सर्वसम्मतको निर्णय नै उपयुक्त हुन्छ । बहुमतको आधारमा अरुलाई मिचेर काम गर्न थालियो भने अजयको हविगत हुन्छ ।

दलित, अल्पसंख्यक र उत्पीडितको लागि कस्तो खालको प्याकेज कार्यक्रमको व्यवस्था गर्नुभएको छ ?
दलित, अल्पसंख्यक र उत्पीडितको लागि बजेटै छुट्ट्याएर विभिन्न कार्यक्रमहरु ल्याउँछौं । जस्तो ती वर्गका गर्भवती महिला, बालबालिकाको लागि भयो ।

कतिपय ठाउँहरुमा हामीले आवासको पनि व्यवस्था गरेका छौं । पीछडा वर्गको लागि पशुपालनको व्यवस्था गरेका छौं । त्यसकारण विभिन्न आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका क्षेत्रमा पनि कामहरु गरेका छौं ।

सगम ठाउँ हुँदाहुँदै पनि मधेशमा यी विषय ओझेलमा छन् । त्यसलाई मध्यनजर गरी हामी ती वर्गको लागि विशेष कार्यक्रम ल्याउने सोच बनाएका छौं ।

तपाईंहरुको कामले जनतामा कत्तिको सन्तुष्ट पाउनु भएको छ ?
सुरुमा त हामीलाई नियम, कानुन बनाउँदैमा समय बित्यो । कर्मचारी आपूर्ति, स्रोतको व्यवस्थापनमा पनि त्यत्तिकै समय गुज्रियो । अहिले आएर ती समस्याहरु टुंगिएका छन् । १८ वर्षसम्म जुन खालको अवस्था थियो ।

जसरी उहाँहरुले चलाउनुभएको थियो । जनताहरु पनि पीडित भए । हामीहरु आइसकेपछि जनअपेक्षा बढ्नु स्वाभाविक हो ।

त्यो अपेक्षा अनुसार काम नहुँदा असन्तुष्टि हुने स्वभाविक हो । जनताको अपेक्षा अनुसार हामीहरु काम गर्न लागिपरेका छौं । अब चाहीं जनचाहना अनुसार काम गर्ने वातावरणलाई ट्र्याकमा ल्याइसकेका छौं ।

मेरो कार्यकालमा कमसेकम वीरगन्ज महानगरपालिकाभित्र बाटो चाहीं बनिहाल्छ । फेरि बाटो भन्नाले व्यक्तिगत होइन गाउँ टोललाई शहरसँग जोड्ने बाटाहरु सम्पन्न हुने छन् ।

जसले गर्दा आउने दिनका मेयर, जनप्रतिनिधिहरुलाई काम गर्न सजिलो हुन्छ । सबै वडामा भौतिक रुपले साधन, स्रोत जुटाउने र कर्मचारी व्यवस्थापनका काम भइसकेका छन् ।

आवश्यक साधन, स्रोतहरु जुटाउको काम भइसकेकाले आगामी दिनमा वीरगन्ज महानगरपालिकालाई अझ बढी व्यवस्थित र परिस्कृत ढंगले अगाडि बढाउन सक्छौं ।

हिजो तपाईंलाई साथ, सहयोग दिएर विजयकुमार सरावगी भनेर हिंड्ने जनताले के भन्न चाहनुहुन्छ ?
यहाँका जनता मसँग ठूलो इच्छा र अपेक्षा गरेका छन् । त्यो अनुसार हामीले पनि सबै काम गर्न नसकेको हुन सक्छ । हामीले चुनावका बेला धेरै कुराहरु बोलेका छौं । प्रतिवद्धता अनुसार हामीले काम गर्न खोजेको पनि हो ।

स्थानीय सरकारको पहिलो संरचना भयो । त्यसपनि नयाँ खाले रोगको चपेटाले झन्डै एक वर्ष अलमलमा पा¥यो । त्यसपछि राष्ट्रिय राजनीति धरापमा प¥यो । यी र यस्तै खाले वाधा व्यवधानले गर्न खोजिएका धेरै कामहरु अलमलमा परे ।

हिजो हामी धेरै काम गर्ने वाचा गरेका छौं । जनताले ममाथि धेरै आशा, भरोसा र विश्वास गरेका छन् । जनतालाई पनि थाहा वीरगन्ज बनाउने काम मेयरले मात्रै होइन ।

त्यसमा केन्द्रदेखि प्रदेश सरकारको पनि साथसहयोग चाहिन्छ । आगामी दिनमा अझ परिष्कृत, परिमार्जित र वैज्ञानिक ढंगले काम गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्दछु ।

सम्बन्धित समाचार

What live casino games does Gransino offer?
  • २०७७ फाल्गुन १७, १२: ३९

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७७ फाल्गुन १७, १२: ३९

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०७७ फाल्गुन १७, १२: ३९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...