
नयाँ विकल्प
बर्दिया- भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला परेको छ।
सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको हो। भैंसी गोठाला गएका उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो। राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको अवस्थामा शव फेला परेको थियो।
बाघले आक्रमण गरेर मारेको अवस्थामा शव फेला परेकाे छ । हात्तीसहित निकुञ्जका टोलीले खोजी गर्दा भैंसी चराएको ठाउँ नजिकै शव फेला परेको हो। शवलाई पोस्टमार्टमका लागि लगिएको उनले बताए। राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए।
वडाध्यक्ष थारूका अनुसार कर्णाली नदीको टापुमा भैंसी चराउँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो। उनको शव सोमबार साँझ नै फेला परेको थियो।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...