दुुई वर्षअघि प्रतिवन्धित नेकपा विप्लव समूहसँग बालुवाटारमा वार्ता – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

दुुई वर्षअघि प्रतिवन्धित नेकपा विप्लव समूहसँग बालुवाटारमा वार्ता


नयाँ बिकल्प,

काठमाडौं– सरकार र नेकपा विप्लव समूहको वार्ता टोलीबीचको पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पहिलो चरणको वार्ता सम्पन्‍न भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार बिहान भएको वार्ता सकारात्मक दिशाउन्मुख रहेको भनी सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन् ।

नेपाल सरकारको वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेका छन् भने नेकपा विप्लव समूहको वार्ता टोलीको नेतृत्व सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले गरेका छन् । विप्लव समूहको बार्ता टोलीको सदस्यमा सो दलका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’सहभागी छन् ।

सरकारले २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी नेपालमा शान्ति राष्ट्र बनाउने दृष्टिकोणअनुसार सबै द्वन्द्वमा रहेका पक्षहरुसँग वार्ता गर्ने सरकारको नीति अनुसार नेकपा विप्लव समूहसँग वार्ता गर्न टोली बनाएको जनाकारी दिएका निजए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १९, ११: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १९, ११: ५२

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १९, ११: ५२

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...