कांग्रेस संसदीय दलको बैठक शुक्रबार बोलाइयो – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बोलाइयो


नयाँ बिकल्प,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँडले आगामी फागुन २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताए ।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गते बस्ने मिति निर्धारण भइसकेको छ । प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाको विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

पुनःस्थापित प्रतिनिधिसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुुष्पमकल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री तथा पार्टी संसदीय दलका नेता केपी ओलीसँग बिबाद बढ्दै जाँदा नयाँ सरकार निर्माणको लागि प्रतिपक्षी कांग्रेसको भूमिका निर्णायक हुने देखिन्छ ।

नेपाली कांग्रेसले सत्तारुढ नेकपाको केपी शर्मा ओली वा दाहाल नेपाल जुन पक्षलाई समर्थन गर्यो उसकै नेतृत्वमा सरकार बन्ने अवस्था छ । तर नेकपा भित्रको आन्तरिक झगडा अल गदलको रुपमा खडा नभएसम्म काँग्रेसले कुनै निर्णय नलिने निर्णय गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओली पक्षलाई समर्थन गर्ने पक्षमा छन भने रामचन्द्र पौडेल पक्षधर नेताहरु दाहाल नेपाल समूहलाई समर्थन गर्ने पक्षमा उभिएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १९, १२: २४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १९, १२: २४

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १९, १२: २४

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...