दलको नेताबाट ओली हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड–माधव समूहको निर्णय – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

दलको नेताबाट ओली हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड–माधव समूहको निर्णय


नयाँ बिकल्प,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको बुधबार दिउँसो बसेको स्थायी समिति बैठकले नेपका संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

सो समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । स्थायी समिति सकिएलगत्तै सो पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ । केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन पार्टीले निर्देश गरेको छ ।

सत्तारुढ नेकपाका औपचारिक रुपमा विभाजन हुन नसक्दा अहिले पनि संघीय संसद सचिवालमा प्रतिनिधिसभामा नेकपा संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओली नै रहेका छन् ।

ओलीलाई दलको नेताबाट हटाउन संसदीय दलको बैठक आवश्यक हुने तर दलको बैठक बोलाउन ओली राजि नभएपछि असन्तुष्ट प्रचण्ड–माधव समूहले पार्टी केन्द्रीय कमिटीको निर्णयबाट हटाउन खोजिरहेका हुन् । प्रतिनिधि सभामा बैठक आगामी फागुन २३ गते बस्दैछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन १९, १३: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन १९, १३: ४३

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन १९, १३: ४३

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...