म्यान्मारमा प्रदर्शनकारीमाथि सैनिक सत्ताद्वारा दमन, बुधबार मात्रै ६जनाको मृत्यु – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

म्यान्मारमा प्रदर्शनकारीमाथि सैनिक सत्ताद्वारा दमन, बुधबार मात्रै ६जनाको मृत्यु


याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा परी म्यान्मारमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि एक महिनादेखि म्यान्मारभित्र प्रजातन्त्रको पुनःवहालीको माग गर्दै दैनिक प्रदर्शनहरु भइरहेका छन् । म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रान्त्रिक अभ्यासपछि सेनाले गत फेबु्रअरी १ मा पुनः सत्ता कब्जा गरेको थियो ।

जननिर्वाचित संस्था संसदमा जनताबाट चुनिएका प्रतिनिधिहरुलाई नै सत्ता हस्तान्तरण गर्न भन्दै म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दो छ । बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक डाकेको छ ।

पश्चिमा मुलुकहरुले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । तर सैनिक सत्ताले अन्तराष्ट्रिय जगतको कुरा सुनिरहेको छैन् ।

अस्पताल स्रोतका अनुसार मध्य म्यानमारको शहरमा चार व्यक्तिको गोली लागेर मृत्यु भएको छ भने दोस्रो ठूलो शहर मन्डालेमा पनि दुई व्यक्तिको गोली लागेर मृत्यु भएको अस्पताल स्रोतले एएफपीलाई बताएको छ ।

एक चिकित्सकले मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।

म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु भएका थिए । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ । सैनिक सरकारले नेतृ आङ साङ सुुचिलाई नजरबन्दमा राखेको छ ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७७ फाल्गुन १९, १५: ४३

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७७ फाल्गुन १९, १५: ४३

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७७ फाल्गुन १९, १५: ४३

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...