
नयाँ बिकल्प,
ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक सवारीले किचेर मारेको बिरोधमा विद्यार्थीहरुले बिहीबार बिहान कोटेश्वरमा विरोध प्रदर्शन र भेला गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नंम्वर २ स्थायी घर भई कोटेश्वर बहुमुखी क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको बुधबार बिहान क्याम्पस जाने क्रममा गाडीको ठक्करवाट मृत्यु भएको थियो ।
सो घटनाको छानबिन, सवारी चालकलाई कानुनी कारवाही र पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले बिहीबार बिहान बिरोध प्रदर्शन गरेका हुन् ।
कोटेश्वर चोकबाट शुरु भएको ¥याली बालकुमारी चोकमा सभामा परिणत भएको थियो ।

सभामा बोल्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएको भन्दै कलेजबाट घर जाने क्रममा जेब्रा क्रसिङ मै ठक्कर दिई मृत्यु भएको घटना दुर्घटना नभई हत्या भएको र आजसम्म चालक र सबारिधनीलाई कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लापरवाही भएको बताए ।
विद्यार्र्थी र नागरिकको जिउ धनको सुरक्षा दिन राज्य चुकेको भन्दै महामन्त्री तिमल्सिनाले सत्ताको छिनाझम्टीमा रुमलिएको सरकारलाई तत्काल अन्जु दाहालको परिवारले न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
सभालाइ कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की, अनेरास्वबियूका केन्द्रिय सदस्य रबिन बस्नेत, स्वबियु सभापति माधव अधिकारी,नेबिसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगाएतले दोषीलाइ कडा करबाहीको माग गरे ।
प्रदर्शनकै क्रममा प्रहरीले नेबिसंघ अध्यक्ष दिनेश कार्की,उपध्याक्ष सन्जय बुढाथोकी,विद्यार्थी नेता टेकबहादुर शाहीलाई पक्राउ गरेको थियो । बिद्यार्थीको दबाबपछि उनीहरुलाई रिहा गरेको नेबिसंघ सचिब बिशाल कोइरालाले बताए ।
बुधबार बिना निष्कर्श सकिएको र आज पुनः बार्ता हुने भनिएपनी माग पूरा नभएसम्म निरन्तर आन्दोलन गरिने स्वबियु सभापती माधब अधिकारीले जानकारी दिए ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...