
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको रसुवा जिल्ला अध्यक्ष डिले तामाङसहित अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने दुुई दर्जन बढी जिल्लास्तरिय नेतालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
रसुवाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सांसद इञ्जिनियर मोहन आचार्यको सक्रियतामा रसुवामा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेशको लहर बढेको बताईन्छ । बिहीबार कांग्रेस प्रवेश गर्नेहरुलाई कांग्रेस सभपाति शेरबहादुर देउवाले आफ्नै निवासमा आयोजित एक कार्यक्रममा स्वागत गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी रसुवाका अध्यक्ष डिले तामाङसहित उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपाको महिला संघ केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेपाल कम्युनिष्ट पार्टी रसुवा जिल्ला कमिटी सदस्यद्धय सोनाम छिरिङ तामाङ र लासेन तामाङ रहेका छन् ।
यस्तै, नेकपाको रसुवा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङ, नेकपा गाउँ कमिटि सचिव दावा तेन्जेङ लामा, नेकपा वडा संयोजक पेम्बा धार्के मेघी रहेका छन् ।
यस्तै, नेकपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सचिव पेम्बा छेदेन तामाङ, जनता समाजवादी पार्टी रसुवाका कार्यवाहक अध्यक्ष यब्दी तामाङ, जसपा रसुवा–काठमाडौँ सम्पर्क समितिका सदस्य नेमा छिरिङ थोक्रा, जसपा जिल्ला समिति सदस्य सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, निमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङ, स्थानीय बुद्धिजीवी प्राध्यापक शङ्कर अधिकारी कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय समाजसेवी पेम्बा डिन्डुप तामाङ, केसाङ तामाङ, हरी लामा, निमा छिरिङ तामाङ, दावा वाङ्दी तामाङ, नेपाल लोकतान्त्रिक यातायात समितिका जिल्ला अध्यक्ष प्रदीप खड्का, लाप्पा तामाङ र दावा छोमु तामाङ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
यसअघि २०७५ फागुन १३ गते रसुवामा भव्य कार्यक्रमको आयोजना गरि तत्कालिन नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्तालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, युवा नेताद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराएका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...