थुनामा रहेका विप्लवका १ सय ४४ नेता–कार्यकर्तामध्ये अधिकांस थुनामुक्त हुन थाले – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

थुनामा रहेका विप्लवका १ सय ४४ नेता–कार्यकर्तामध्ये अधिकांस थुनामुक्त हुन थाले


नयाँ बिकल्प,
काठमाडौं – सरकारसँग तीन बुँदे सहमतिको भोली पल्टदेखि नै प्रतिवन्ध फुुकुवा भएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु रिहा हुन थालेका छन्
विप्लव नेकपाका केन्द्रीय सदस्य नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार धुलीखेलबाट रिहा भएका छन् । उनलाई उनकै श्रीमतीको जिम्मा लगाइएको थियो ।

गृहमन्त्रालयले बिहीबार साँझ नै शुक्रबारसम्म सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको थियो । बिहीबार मन्त्रिपरिषद्को बैठकले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइसकेको थियो ।

नेकपा विप्लव समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा छन्। २ वर्षअघि फागुन २८ गते सरकारले प्रतिबन्ध नेकपालाई प्रतिवन्ध घोषणा गरेपछि दुई हजार ९८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये अहिले एक सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन्। उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको छ ।

विप्लवका दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ पनि चितवन जेलमा छन । पुलिसलाई हातपात गरेको आरोपमा प्रमुख जिल्ला अधिकारीले उनलाई १० हजार धरौटी मागे । धरौटी नबुझाएपछि उनी थुनामा परेका हुन्।

विप्लव नेतृत्वको नेकपाका पाँच जना केन्द्रीय सदस्य जेलमा छन्। स्थायी समिती सदस्य हेमन्त प्रकाश ओली नख्खु कारागारमा छन् ।

तीन साताअघि ओली सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु जेलमा रहेका ओलीसँग गएर २० मिनेट जति कुराकानी गरेका थिए । तर, मन्त्री थापाले कारागारामा खानेपानी र ढलको समस्या भएकाले त्यसको स्थलगत रुपमा जानकारी लिन आएको दाबी गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २१, १२: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २१, १२: ००

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २१, १२: ००

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...