अमेरिकाले क्युबाका १५ जना कूटनीतिज्ञलाई सात दिनभित्र देश छाड्न आदेश दिएको छ । हवानास्थित आफ्नो दूतावासका कर्मचारीलाई रहस्यमय आक्रमणबाट जोगाउन नसकेको क्युबालाई वाशिङटनको आरोप छ । हवानास्थित आफ्नो दूतावासका आधाभन्दा बढी कर्मचारीलाई फिर्ता बोलाएको अमेरिकाले पछिल्लो कदम स्वरुप आफ्ना कर्मचारी फिर्ता बोलाएको हो ।
मंगलवार एउटा विज्ञप्ति जारी गर्दै विदेशमन्त्री रेक्स टिलर्सनले “भिएना महासन्धि अनुसार आफ्ना कूटनीतिहरुलाई सुरक्षा दिने दायित्व पूरा गर्न क्युबा असफल भएकोले त्यस्तो निर्णय लिएको बताए ।” क्युबा सरकारले अमेरिकाको सो निर्णय आधारहिन भएको जनाएको छ । रहस्यमय ध्वनि आक्रमणबाट आफ्नो दूतावासका कम्तीमा २१ जना कर्मचारी बिरामी भएको अमेरिकाले जनाएको छ । आक्रमणमा परेका कूटनीतिज्ञहरुमा होश गुम्ने, चक्कर आउने र कम सुन्ने लगायतका समस्या देखिने गरेको बताइन्छ । यसअघि होटलहरुमा समेत आक्रमण गरिएको भन्दै वाशिङटनले आफ्ना नागरिकलाई समेत क्युबाको भ्रमण नगर्न निर्देशन दिएको थियो ।
क्यानाडाका पनि दुईजना नागरिक त्यस्तो प्रकृतिको आक्रमणमा परेका थिए । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइ र क्यानाडाको प्रहरीले अनुसन्धान गरेपनि सन् २०१६ को अन्त्ययता गरिएका आक्रमणहरुको कारणबारे अहिलेसम्म थाहा हुन सकेको छैन । अमेरिकाले हवानास्थित आफ्नो दूतावासबाट गरिने भिसासम्बन्धी सबै कामहरु पनि यसअघि नै अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।
यसैबीच क्युबाका नयाँ राष्ट्रपतिमा डिआस–कनेल नियुक्ति भएका छन् । यो सँगै क्युबामा छ दशकदेखि जारी क्यास्ट्रो परिवारको शासनको अन्त्य भएको छ । डिआस–कनेल यसअघि त्यहाँ उपराष्ट्रपति थिए । सन् १९५९ मा क्युबामा भएको क्रान्तिपश्चात् पहिलोपल्ट उक्त देशको शासनको वाग्डोर क्यास्ट्रो परिवारबाट बाहिर आएको छ । डिआस–कनेललाई क्युबाको संसद्ले राउल क्यास्ट्रोको ठाउँमा पाँच वर्षका लागि निवार्चित गरेको छ ।
यद्दपी उनी राउल क्यास्ट्रोका कट्टर समर्थक हुन् र उनले कुनै ठूलो परिवर्तन गर्लान् भन्ने अपेक्षा भने गरिएको छैन । डिआस–कनेलको जन्म क्युबाली क्रान्तिपश्चात् भएको भए पनि उनी राउलका समर्थक रहँदै आए । उनलाई ६०५ सदस्यीय क्युबाली संसद् राष्ट्रिय सभाले निवार्चित गरेको हो । राष्ट्रपति पदका लागि उनी मात्रै अघि सरेका थिए । राष्ट्रपतिको पद त्यागे पनि राउल क्यास्ट्रो क्युबाको शक्तिशाली कम्युनिस्ट पार्टीका प्रमुख रहिरहनेछन् ।
राउल क्यास्ट्रो सन् २००६ मा उनका बिरामी दाजु फिडेल क्यास्ट्रोले पद छाडेपछि राष्ट्रपति भएका थिए । बीबीसीका क्युबा सम्वाददाताका अनुसार क्युबाका नयाँ राष्ट्रपतिले आर्थिक गतिरोधमा रुमल्लिएको तथा परिवर्तनका लागि आकांक्षी युवा जनसङ्ख्या भएको देश विरासतमा पाएका छन् । साथै राउल र फिडेल क्यास्ट्रोले अँगालेको जस्तै क्रान्तिकारी विगतको अभावमै डिआस–कनेलले देशको नेतृत्व गर्नुपर्नेछ । – बीबीसीबाट
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...