तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु


काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बिहीबार राति गएको भूकम्पको केन्द्रबिन्दु नागकु क्षेत्रको बाकेन काउन्टीमा रहेको थियो । उक्त क्षेत्र तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ ।

भूकम्पपछि अधिकारीहरूले आपत्‌काल घोषणा गर्दै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पले ३३९ वटा घर भत्किएका छन् भने प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

पहिरोका कारण क्षेत्रका सडकसमेत अवरुद्ध भएका छन् । यसले गर्दा उच्च भूभागमा रहेका प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिनाइ भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८३ कार्तिक ७, ०७: ३१

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ कार्तिक ७, ०७: ३१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८३ कार्तिक ७, ०७: ३१

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...