दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।

नेपाली परम्पराअनुसार दसैंको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले टाढिएका आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा बढाउने विश्वास गरिन्छ।

टीका र आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहल बढेसँगै सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यसैबीच, दसैं मनाउन सहरबाट गाउँ गएकाहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।

सम्बन्धित समाचार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८३ कार्तिक ७, ०८: ३८

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८३ कार्तिक ७, ०८: ३८

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०८३ कार्तिक ७, ०८: ३८

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...