आज विजया दशमी, बिहान १०:२६ बजे टीकाको उत्तम साइत – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

आज विजया दशमी, बिहान १०:२६ बजे टीकाको उत्तम साइत


काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । यस अवसरमा मान्यजनबाट देवीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम रहेको छ ।

समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।

दशैंमा नवदुर्गा भवानीको पूजाआराधना गरी देवीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने गर्छन् ।

सम्बन्धित समाचार

एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
  • २०८३ कार्तिक ५, ०७: ०५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता...

आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २०८३ कार्तिक ५, ०७: ०५

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...

कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
  • २०८३ कार्तिक ५, ०७: ०५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र...