ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घरघरबाट मध्यरातिदेखि नै ब्रह्मायणीमा मेला भर्न भीड लागेको थियो ।

व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्राा पुरा गरेका छन् । यो परम्पराले मनोकांक्षा पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ ।

मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ । नेवार समुदायमा आज मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतिक खःमेयअर्थात् राँगोलाई मंगलबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको थियो ।

सम्बन्धित समाचार

एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
  • २०८३ कार्तिक ५, ०८: ००

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता...

आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २०८३ कार्तिक ५, ०८: ००

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...

कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
  • २०८३ कार्तिक ५, ०८: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र...