केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी


काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर, विषय विज्ञहरु निर्वाचित हुदा नेपाली काङ्ग्रेसको पार्टि भित्र अब सम्वन्धित क्षेत्रका विशेषज्ञहरू बाहिरवाट हायर गर्न नपर्ने देखिएको छ । वदलिएको राजनैतिक अवस्थामा वदलिएको काङ्ग्रेस वनाउने अभियानमा १५ अैा महाअधिवेसनवाट निर्वाचित टिमले परम्परागत राजनैतिक व्यक्तिको मात्रै बाहुल्यतालाई भत्काई दिएको छ ।

कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रको प्रतिनिधित्व एस पटक ह्वातै बढेको देखिन्छ । विशेष महाधिवेशनको शुझावको कार्यान्वयन अनुसार विधान संशोधन मार्फत विषय बिज्ञ तथा पेशागत क्षेत्रका व्यक्तिहरुलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति अपनाएको हुदा चिकित्सक, विद्यावारिधि गरेका विज्ञ तथा इन्जिनियरहरू निर्वाचन प्रक्रियाबाट केन्द्रीय समितिमा पुगेका छन् । विषयगत मात्र नभएर खुल्ला प्रतिस्पर्धामा पनि डाक्टर, इन्जिनियरको उल्लेख्य सहभागीता रहेको पााईन्छ ।

नयाँ कार्यसमितिमा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी निर्वाचित भएका छन् भने इन्जिनियर मधु आचार्य पनि उपसभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्रीमा डा. डिला संग्रौला ,पन्त निर्वाचित भएकी छन् । सहमहामन्त्री मुस्लिमतर्फ डा. मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । पार्टीको पदाधिकारी तहमा नै चिकित्सक तथा इन्जिनियरको उपस्थिति हुनुले पेशागत क्षेत्रका व्यक्तिहरूको राजनीतिक नेतृत्वमा बढ्दो सहभागिताको संकेतले काङ्ग्रेसलाई थप मजवुत वनाउने अपेक्षा गरिएको छ ।

खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा विषय विज्ञ डाक्टरहरु गोविन्दराज पोखरेल, डा. शोभाकर पराजुली, डा. सुरज राज काफ्ले, डा. कृष्णप्रसाद पौडेल र डा. मुक्तिराम श्रेष्ठ छन् । त्यस्तै, इन्जिनियरतर्फ मोहन आचार्य, अमृत ज्ञवाली, नवराज त्रिपाठी, ऋषि कोइराला र दीपकबाबु कँडेल निर्वाचित भएका छन् ।
समावेशी समूह अन्तर्गत पनि चिकित्सक र इन्जिनियरहरूको उपस्थिति उल्लेख्य छ । आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज लामा र डा. गंगा लक्ष्मी अवाल निर्वाचित भएका छन् । दलित खुला केन्द्रीय सदस्यमा डा. डीबी सुनार निर्वाचित भएका छन्।

मधेशबाट खुला केन्द्रीय सदस्यमा डा. गरिव दास ठाकुर, डा. मधुकुमारी ठाकुर र डा. अञ्जनीकुमार झा निर्वाचित भएका छन् । खसआर्यतर्फ इन्जिनियर लक्ष्मण केसी र डा. भद्रा पराजुली भण्डारी केन्द्रीय सदस्य निर्वाचित भएका छन । त्यस्तै, थारु समुदायबाट डा. भोगेन्द्रप्रसाद चौधरी, डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार तथा मुस्लिम समुदायबाट डा. अताबुल मन्सुरी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा ६ जना स्वास्थसेवाका विशेषज्ञहरु मध्ये निर्वाचित डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका हुन । पेशागत समुहमा मात्रै ३ जना मेडिकल डाक्टरहरु पाँच पदका लागि निर्वाचनमा होमिएका थिए । १५ अैा महाअधिवेसनको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन । यो मत यो समुहमा पहिलो हो ।

त्यसैगरि पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौँ स्थानमा निर्वाचित भएका छन । डाक्टर केसी नुवाकोटको दुप्चेश्वर गाउपालिकको वडा नँ दुईवाट वडातह वाटै निर्वाचित भएर क्षेत्र नँ १ को क्षेत्रीय अधिवेसनमा सर्वाधिक मत सहित महाअधिवेसन प्रतिनिधिमा निर्वाचित भएका थिए । नुवाकोटको राजनीतिमा सवैभन्दा चर्चित र हरेक राष्ट्रिय विपत्तिमा लामो समयदेखि समाजसेवा मार्फत रसुवा, नुवाकोट, धादिङ , काभ्रे , सिन्धुपाल्चोक वासिहरुको विगट गाउँ गाउको घर घरमै पुगेर वृद्धा वृद्धिहरु देखि सर्वसाधारणहरुलाई स्वास्थजाच गर्दै अैाषधिमुलक सेवा प्रदान गर्दै आएका छन । डाक्टर केसी परिवारिक राजनीतिवाटै ओझेलमा पारिएका र महत परिवारवाट पनि राजनैतिक प्रतिशोध साधिएका कारण काङ्ग्रेसको राजनीतिमा सक्रिय रहदा रहदै पदिय दाईत्वको छेकवारलाई पन्छाउदै समाजसेवाका कारण १५ अैा महाअधिवेसनमा डाक्टर केसीले बाजि मारेर पेशागत समुहवाट सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय समितिमा निर्वाचित भएका हुन । डाक्टर केसी ०७२ को सिन्धुपाल्चोकको महाभुकम्पमा पिडितहरुलाई राहत सामाग्री वितरण गर्दै स्वास्थ सिविर समेत सन्चालन गरेर सिन्धुपाल्चोक वासिको उद्धारमा महिनैा खटेका थिए । त्यसैगरि कोभिडको महामारिमा घरघरमै अक्सिजन मेसिन उपलब्ध गराएर धेरैको ज्यान वचाउन सहयोग पुर्याएका डाक्टर केसीले नुवाकोट र रसुवामा प्राकृतिक महाविपत्ति भोटेकोसी वाढीले मानविय क्ष्यति पुराउदा नुवाकोट रसुवामा स्वास्थ्य सेवा सिविर सन्चालन गरेर मानविय सेवाको उदाहरणीय कार्यले उनलाई काङ्ग्रेसजनमा मात्रै नभै सर्वसाधारण जनताले समेत निकै प्रशंसा गरेको पाईन्छ । विपत्तिमा ज्यान हातमा राखेर आम नागरिकको सेवा गर्न पद नचाहिने उदाहरण प्रस्तुत गर्न सफल डाक्टर केसी विशेष महाअधिवेसन देखि निरन्तर पार्टिमा सक्रिय भुमिकामा रहेका कारण १५ अैा महा अधिवेसनमा पेशागत समुहवाट सर्वाधिक मत प्राप्त गरेर पहिलो भए । डाक्टर केसी मेडिकल काउन्सिल, नेपाल डेमोक्रेटिक एसोसिएसन लगायत विभिन्न सामाजिक सँघसँस्थामा प्रमुख पदहरु निकै लामो समय देखि सम्हाली सकेकाले उनीमा पार्टिका मुख्य मुख्य जिम्मेवारी पदहरु समाल्न सक्ने क्ष्यमताका रुपमा चिनिन्छन ।

कांग्रेसको नयाँ केन्द्रीय समितिमा चिकित्सक, इन्जिनियर तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिले पार्टीभित्र पेशागत दक्षता र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई थप महत्व दिएको देखिन्छ । पेशागत क्षेत्रवाट निर्वाचित स्वास्थ्य, पूर्वाधार, शिक्षा, विज्ञान तथा प्रविधिजस्ता क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले नीति निर्माण र पार्टीको संगठनात्मक काममा विषयगत ज्ञान उपयोग गर्नसके नेपाली काङ्ग्रेसले भावी दिनहरुमा अन्य पार्टिहरुसँग प्रत्तिसपर्दा गरेर पहिलो वनाउन सक्नेछ । १५ अैा महा अधिवेसनले प्रदान गरेको पहिलो सुवर्ण अवसर वाट सातै प्रदेशमा डाक्टर , ईन्जिनियर , विषय विज्ञ, श्रमिक, द्वन्द्व पिडित, अपांग तथा उल्लेखनीय युवाहरुको अनुभव र ज्ञानलाई पार्टीका नीति, कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयलाई कसरी उपयोग गर्छन् भन्ने कुरा हेर्न वाकि नै छ । तर १५ महाअधिवेसनले गगन विश्र्वको नेतृत्वमा निर्वाचित कांग्रेसको नयाँ कार्यसमितिमा डाक्टर र इन्जिनियरको उल्लेख्यनीय सहभागितासँगै समावेशी, प्रदेशगत, युवा तथा पेशागत समूहसम्म उपस्थिति हुनुले नेपाली कांग्रेस परम्परागत राजनैतिक सैली भन्दा फरक भने पक्कै देखिन्छ ।

सम्बन्धित समाचार

एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
  • २०८३ कार्तिक ४, १५: ५४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता...

आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २०८३ कार्तिक ४, १५: ५४

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...

कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
  • २०८३ कार्तिक ४, १५: ५४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र...