सुर्खेतमा गाडी दुर्घटना हुँदा ९ जना घाइते – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

सुर्खेतमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत : सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । मंगलबार कैलालीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका– ३ को लगामनजिक अन्तियत्रित भई दुर्घटनामा परेको हो ।

उक्त दुर्घनामा परेर अछाम तुर्माख गाउँपालिका– ६ की अन्दाजी वर्ष २७ की जीवनकला बयक, विनायक नगरपालिका– १ का अन्दाजी वर्ष २५ का हेमन्त तिमल्सिना, कमलबजार– ७ बस्ने मिन भण्डारीका छोरा १५ वर्षीय निरज भण्डारी र विनायक नगरपालिका– ८ बस्ने ३५ वर्षीय धिराज विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै, कैलालीको कैलाली नगरपालिका– ३ बस्ने सुनील बादीका तीन वर्षीय छोरा समीर बादी, दैलेखको ठाटिकाँध गाउँपालिका– ३ का अन्दाजी ४१ वर्षीय बिर्ख टमटा, २० वर्षीया सारदा टमटा, कैलालीको लम्किचुहा नगरपालिका– ४ का अन्दाजी २० वर्षीय गोपाल बोगटी, सोही ठाउँकी २० वर्षीया शान्ति भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको पञ्चपुरी आधारभूत अस्पताल र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार गाडीमा सवार १० बालबालिकासहित अन्य यात्रु सकुशल छन् भने अलपत्र यात्रुहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको छ ।

उनका अनुसार गाडी चालक विनायक नगरपालिकाका अन्दाजी ३५ वर्षीय विष्णु शाही फरार छन् । उनको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार

एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
एनपिएलका सबै खेललाई आइसिसीको लिस्ट ए टी–२० मान्यता
  • २०८३ कार्तिक ४, १४: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता...

आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २०८३ कार्तिक ४, १४: ५९

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...

कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
कांग्रेस सभापति थापाद्वारा विजया दशमीको शुभकामना
  • २०८३ कार्तिक ४, १४: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र...