
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछ ।
‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताए ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र...
भक्तपुर : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको...