नयाँ विकल्प
याउन्डे–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् ।

गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन् ।
मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।
बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको बिस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो । किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो ।
घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए ।
बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो ।
बिस्फोट स्थलको आगो सोमबार अपरान्हसम्ममा नियन्त्रणमा ल्याइएको थियो । गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो । –(रासस–सिन्ह्वा)
काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...