
नयाँ बिकल्प,
काठमाडौं – चर्चित गायिका एवम् राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।
फागुन १५ गते पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध अपमानजन शब्द प्रयोग गरेको भनदै वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी वलीले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी छन् ।
‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेर नेता पन्तले एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।
वलीले आफ्नो उजुरीमा ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो’ भनेकी छन् ।
उनले आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी आफ्नो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा व्यक्तिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या गरेको र सो कुरा प्रचार, प्रसार र प्रकाशन गरी आफ्नो मान प्रतिष्ठा र इज्जतमा धक्का पुर्याउने गरी अभिव्यक्ति दिएको दावी गरेकी छन् ।
पन्तले आफूलाई बेइज्जती गर्ने कार्य विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवाना समेत गरी हदैसम्मको सजाय दिन र आफ्नो प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट भएको बेइज्जती समेतलाई विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाई भराई पाऊ भनी मुद्धा तर्दा गराएकी छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...