नेकपा फुटसँगै गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार धरापमा – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
नेकपामा अदालतको आदेशको असर

नेकपा फुटसँगै गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार धरापमा



नयाँ बिकल्प,

काठमाडौं –सर्वोच्च अदालतको फैसलापछि पूर्वनेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि गठित दल नेकपाको बैधानिकता ऋषिराम कट्टेल नेतृत्वको दलले पाएसँग नेकपाको नाममा गठन भएका चार वटा प्रदेश सरकार धरापमा परेका छन् ।

सर्वोच्चले नेकपा एकीकृत हुनुअघिको पूर्ववत अवस्था कायम हुने भएपछि नेकपा एमालेको चुनाव चिन्ह सूर्य र नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह रातो घेरामा हँसिया हथौडा लिएर विजयी भएका प्रदेश सभाका सदस्यहरु फरक फरक दलमा विभक्त भएसँगै प्रदेश सरकार धरापमा परेको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा बनेका सातमध्ये ६वटा प्रदेश सरकार धरापमा परेका हुन् । एकीकृत नेकपामा रहँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको तित्तता र बिबाद चर्किएसँगै त्यसको असर प्रदेश सरकारमा समेत पर्ने निश्चित भएको छ ।

पूर्वएमालेका नेता माधवकुमार नेपालले नेकपा गठन भएसँगै पूर्वमाओबादी अध्यक्ष दाहलासँग मिलेर प्रदेश १ र बागमति प्रदेशका मुख्य मन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफू निकटका प्रदेश सदस्यलाई क्रियाशिल बनाए पनि अब ति प्रदेशका मुख्यमन्त्रीको जागिर भने सुरक्षीत भएको छ ।

९३ सदस्यीय प्रदेश १ मा नेपाले एक्लैको ५१ सांसद छन् । यो प्रदेशमा बहुमतको लागि ४७ सांसद जरुरी हुन्छ । यस्तै ११० सदस्य बागमति प्रदेश सभामा एमाले एक्लैसँग ८१ सांसद छन् । यो प्रदेशमा बहुमतको लागि ५६ सांसद चाहिन्छ ।दुवै प्रदेशमा एमालेको एकल बहुमत छ ।

तर, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमाञ्चल प्रदेशमा भने पूर्वएमाले र पूर्वमाओवादीबीच स्पस्ट दुई धार देखिएपछि ति प्रदेशको सरकार धरापमा परेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि संघदेखि प्रदेशसम्मको समीकरण समेत फेरिएको छ । प्रदेश १ मा नेपाली कांग्रेसका २१ र माओवादी केन्द्रमा १४ सदस्य छन् । यहाँ जसपाका ३, राप्रपाका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र स्वतन्त्र १ सदस्य छन् ।

यसअघि धरापमा परेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि सुरक्षित देखिएका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सदस्य आवश्यक पर्छ । बागमतीमा एमाले एक्लैको ५८ सदस्य छन् ।

यो प्रदेशमा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २१, विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र जसपाका १ सदस्य छन् ।

एमाले नेतृत्व मै सरकार रहेको ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य आवश्यक पर्छ । यहाँ एमालेसँग २८ सदस्य मात्र छन् । एमालेलाई बहुमतका लागि ३ सदस्य चाहिन्छ । गण्डकीमा एमालेका पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री छन् ।

गण्डकीमा कांग्रेसको १५, माओवादी केन्द्रको १२, राष्ट्रिय जनमोर्चाको ३ र जसपाका २ सदस्य छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सदस्य आवश्यक पर्छ । यो प्रदेशमा पनि एमालेका शंकर पोखरेलको नेतृत्वमै सरकार छ ।

अहिले एमालेसँग ४१ सदस्य छन् । सरकारलाई बहुमतका लागि तीन सदस्य आवश्यक पर्छ ।
लुम्विनीमा माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् ।

माओवादी केन्द्रको नेतृत्वमा रहेका कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ । कर्णालीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् ।

यो प्रदेशमा माओवादीका १३ जना मात्र प्रदेश सभा सदस्य छन् । यहाँ एमाले झण्डै बहुमत नजिक छ । एमालेको २०, नेपाली कांग्रेस ६, र राप्रपाको १ सदस्य छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रकाका त्रिलोचन भट्ट मुख्यमन्त्रीले गरिरहेका छन् । ५३ सदस्यीय यो प्रदेशमा सरकार गठनका लागि २७ सदस्य आवश्यक पर्छ । यो प्रदेशमा माओवादी केन्द्रका जम्म १४ जना मात्र प्रदेश सभा सदस्य छन् । यो प्रदेशमा एमालेका २५, कांग्रेसका १२ र जसपाका दुई सदस्य छन् ।

यता १०७ सदस्यीय दुई नम्बर प्रदेशमा सरकार गठनका लागि ५४ सदस्य आवश्यक पर्छ । यहाँ जसपा एक्लैको बमुहमतको सरकार छ । दुई नम्बर प्रदेशमा जसपाको ५४, एमाले २१, कांग्रेस १९, माओवादी ११ नेपाल संघीय समाजवादी पार्टीको १ र स्वतन्त्रको एक सदस्य छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २५, १८: ०५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २५, १८: ०५

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २५, १८: ०५

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...