ओलीको बिकल्प तयार नहुँदासम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

ओलीको बिकल्प तयार नहुँदासम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने


नयाँ बिकल्प,

काठमाडौं । सर्वोच्च अदालतलको आदेशपछि नेकपाबाट साविकको नेकपा माओवादी केन्द्रको हैसियतमा फर्किएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेता तत्कालिन ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने पक्षमा रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा एमालेका अध्यक्षको हैसियतमा रहेकै बेला नेकपा माओवादीको तर्फबाट २०७४ साल फागुन २ गते पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए । पछि २०७५ जेठ २ गते दुवै पार्टीबीच एकता घोषणा गरिएको थियो ।

प्रधानमन्त्री ओलीसँग विगत एक गर्षदेखिको तिक्ततापूर्ण सम्वन्ध पार्टी अलगसम्मको स्थितिमा आएपछि दाहालले ओलीलाई हटाउन नेकपाका अर्का नेता तथा पूर्वएमाले नेता माधवकुमार नेपालले साथ दिएका थिए ।

तर, निर्वाचन आयोगले नेकपा ऋषिराम कट्टेलको भएको भन्दै पूर्वएमाले र पूर्वमाओवादी एकीकृत भइ बनेको दल नेकपाको दाबी छाड्नु पर्ने आदेश दिएको थियो ।

प्रधानमन्त्री पदबाट ओलीलाई हटाउन माओवादी एक्लैको सामथ्र्य नहुने भएपछि माओवादीले अर्को बिकल्प तयार नहुँन्जेलसम्म ओलीलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने निर्णय गर्न लागेको नेकपाका एक नेताले जनाए ।

ओलीलाई सत्ताबाट निकालेर बैकल्पिक सरकार निर्मण गर्नको लागि नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादीसँग छलफल चलाई रहेको छ ।

विपक्षी दलहरुसँगको वार्ता ओलीलाई बिस्थापित गरी नयाँ सरकार बनाउने गरी ठोस निष्कर्षमा पुग्न नसकेको भन्दै माओवादी अध्यक्ष दाहालले हाललाई ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र उनीबिरुद्धको दलिय गठबन्धनले मुर्त रुप लिएपछि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्ने बुझिएको छ ।

प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक समेत बोलाएको छ । प्रतिनिधि सभाको सातौं अधिवेशन अन्तर्गतको दोस्रो बैठक बुधबार १ बजे बस्दैछ ।

संसदलाई छलेर सरकारले ल्याएका अध्यादेशप्रति माओवादी केन्द्रको समर्थन हुन सक्ने अवस्था नरहेको माओवादी संसदीय दलका उपनेता देव गुरुङले बताए ।

फागुन २३ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा यिनै अध्यादेशहरू पेश गर्ने तयारी भएपनि सांसदहरुको बहिस्कार र अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको बैठक पछि पुनः सूचना टाँस गरेर आज सम्मलाई स्थगित गरिएको थियो ।

पहिलो दिन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अध्यादेशको विरोध गर्दै बेल घेराउ र नाराबाजी गरेको थियो भने काँग्रेसलाई जनता समाजवादी पार्टीले साथ दिएको थियो । उक्त दिन माओवादी केन्द्र र एमालेका केही सांसदले संसद बहिस्कार गरेका थिए ।

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका सांसदहरु गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी, खेलकुद मन्त्री दावा लामा तामाङ सहभागी छन् ।

आजको बैठकमा नेकपा माओवादीका सांसदहरु सत्ता पक्षकै लहर (रो) मा बस्ने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २६, १२: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २६, १२: २८

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २६, १२: २८

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...