ओली विरूद्ध जस्ताे सुकै चुनाैतिकाे सामना गर्न तयार छुः प्रचण्ड – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

ओली विरूद्ध जस्ताे सुकै चुनाैतिकाे सामना गर्न तयार छुः प्रचण्ड

नयाँ विकल्प

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न पनि तयार भएर लागेको बताएका छन् ।

पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै बिहीबार उनले केपी शर्मा ओली प्रवृत्तिविरुद्ध प्रहार गर्नका लागि आफू जेल जान र मर्नसमेत तयार भएको बताएका हुन् ।

उनले भने, “मैले केपी प्रवृत्तिविरुद्ध जानीबुझी अब सम्झौता गर्दा सम्पूर्ण ध्वस्त हुने खतरा देखेँ । म जेल जान पनि तयार, मर्न पनि तयार, यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ,” उनले भने । उक्त प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवाद झनै उत्कर्षमा पुगेको थियो ।”

उनले ओली प्रवृत्तिविरुद्ध आफूले लेखेको १९ पृष्ठको डकुमेन्ट लेख्दा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेख्‍न बसेकोजस्तो अनुभूति भएकोसमेत बताएका छन् । उनले भने,”केपी प्रवृत्तिविरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेख्‍न बसेको अनुभूति भएको थियो, भएकै छ ।”

उनले शान्तिपूर्ण युद्ध गरेको र त्यो चलिरहेको बताएका छन् । संसद् विघटनविरुद्धको ‘ब्याटल’ जिते पनि आफूहरुले ‘वार’ जिति नसकेका कारण शान्तिपूर्ण युद्ध चलिरहेको बताएका छन् ।

उनले आफू एक पटक फेरि क्रान्तिमा जाने जिकिर गरे । “म छोड्नेवालामा छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए,” अध्यक्ष प्रचण्डले भने, “म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु । एउटा ब्याटल जित्यौं । केही ब्याटल जित्न बाँकी छ ।”

उनले जनमुक्ति सेनाले जनयुद्धमा युगान्तकारी भूमिका खेलेको उल्लेख गर्दै स्वास्थ्यकर्मीको भूमिकाकोसमेत प्रशंसा गरेका छन

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २७, १५: ३७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २७, १५: ३७

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २७, १५: ३७

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...