
नयाँ विकल्प
काठमाडाैं- नेपाली कांग्रेसकाे पदाधिकारी बैठक अपरान्ह ३ बजे बस्दै छ । पछिल्लाे राजनीतिक घटनाक्रम तथा सरकारले संसदमा पेश गरेका संवैधानिक परिषदलगायत विधेयकमाथि छलफलकालागि पदाधिकारी बैठकमा छलफल हुने छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) काे विभाजन पछि सरकार स्वतहः अल्पमतमा परेकाे छ । सत्ता सहयात्री नेकपा माओवादी केन्द्रले सरकालाइ दिएकाे समर्थन फिर्ता लिने तयारी गरेकाे छ । यसविचमा माओवादी केन्द्रले ओली सरकारलाइ हटाएर सरकारकाे नेतृत्वकालागि कांग्रेलाई अनाैपचारिक प्रस्ताव अघि सारेकाे छ ।
यसबारे कसरी अघि बढने भन्नेबारे आजकाे पदाधिकारी बैठकमा छलफल हुने बताइएकाे छ । देउवाले पदाधिकारी बैठक राखेपछि शशांक कोइराला निवासमा पौडेल पक्षको भेला बसिरहेकाे छ ।
सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भेला गरेको हाे । शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेलसहित नेताहरूले भेला गरेका हुन्।
पदाधिकारी भेला अघि पौडेल पक्षका नेताहरू छलफलमा जुटेका हुन्। वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत भेलामा जुटेका थिए।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत काम गरिरहेकोले कांग्रेसले कडा ढंगले विरोध गरेर जानुपर्ने निश्कर्ष निकालेका छन्।
सरकारले संसदमा पेश गरेका संवैधानिक परिषदलगायत विधेयकमाथि कांग्रेसले आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरिरहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...