ओलीद्वारा एमाले महासचिववाहेक सबैलाई केन्द्रीय सदस्य, बादलसँगै आएका २२ लाई केन्द्रमा – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

ओलीद्वारा एमाले महासचिववाहेक सबैलाई केन्द्रीय सदस्य, बादलसँगै आएका २२ लाई केन्द्रमा


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन महासचिव तथा बालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पौडेलबाहेक सबै पदाधिकारीलाई घटुवा गरी केन्द्रीय सदस्य बनाएका छन् ।

ओलीको यो निर्णय पार्टी विधान विपरित भएको भन्दै असन्ुतष्ट माधव नेपाल पक्षले आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् ।

२०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी (हाल राष्ट्रपति), बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

२०७५ जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बनेका थिए भने पछि गौतमलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । तर, फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्ववत एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि एमाले अध्यक्ष ओलीले यस्तो कदम चालेका हुन्।

ओलीले नेकपाको प्रवक्तामा परराष्ट्र मन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्त गरेका छन् । बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा बादल नियुक्त गरेका छन् ।

त्यस्तै, ओलीले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका हुन् ।

विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।
यस्तै प्रदेश १ को इन्चार्जमा नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभु साह र सचिवमा सुमन प्याकुरेल, बाग्मती प्रदेशको इन्चार्जमा बादल, अध्यक्षमा आनन्द पोखरेल र सचिव खेम लोहनी, गण्डकी प्रदेशको ईन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी र सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा माओवादीबाट आएका लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र सिंह रावललाई नियुक्त गरेका छन् ।

स्कुल विभाग प्रमुखमा केपी शर्मा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, विदेश विभाग प्रमुखमा राजन भट्टराई, सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मा, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ र निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ ।

अध्यक्ष ओली र उनी निकटका केही केन्द्रीय सदस्यहरु सम्मिलित बैठकले नेकपा एमालेको दशौं महाधिवेशन २०७८ साल मंसिर २ देखि ६ गतेसम्म हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

यी हुन माओबादी केन्द्र त्याग गरी एमाले आएर केन्द्रीय सदस्य हुने २२ नेता

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २८, १७: ५५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २८, १७: ५५

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २८, १७: ५५

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...