प्रधामन्त्री ओली आफु अल्पमतमा परेकाे स्विकार, चुनावमा दुईतिहाई ल्याउने दावी – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रधामन्त्री ओली आफु अल्पमतमा परेकाे स्विकार, चुनावमा दुईतिहाई ल्याउने दावी


नयाँ विकल्प
काठमाडाै-प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउराे पारामा आफु अल्पमतमा परेकाे स्विकार गरेका छन् । उनले केहि समय प्रतिपक्षमा बस्न आफुलाइ अप्ठयाराे नहुने भन्दै आगामी चुनाबमा नेकपा एमाले एक्लैले दुइतिहाइ ल्याएर सरकार चलाउँने दाबी गरे ।

शनिवार राजधानीमा आयाेजित एक कार्यक्रममा आफूलाई प्रधामन्त्रीबाट हटाउन देखाउन चुनौती दिएका छन् हटाउन सके हटाएर देखाउन उनले चुनौती दिएका हुन्। कसैले हटाए पनि नेकपा (एमाले) बीस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाई छ। उनले भने , ‘लगभग दुई तिहाई लिएर सिंहदरबार पस्छौँ। १९ महिना पछि। अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस्। हटाओस्। जालझेल गरोस्। षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् ।

बीस महिना पछि फेरि यो पार्टी, सूर्य चिन्हधारी पार्टी, नेकपा(एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट फेर‍ि पस्छ। बिस महिना पछि’, उनले भने, ‘हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौं।’ उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए।

माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाई छ। ‘उहाँहरु कता जानुभयो? कता जान हिड्नुभएको थियो? बाटामा तगारो आयो अरे। तगारो आएपछि कसैले फर्क भन्दियो अरे। फर्किदै हुनुहुन्छ अरे। ठिक छ फर्किनुस्। आउनुस्। केही गरिदिया छैन उहाँहरुलाई। उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन। पार्टी सदस्यबाट निकालेँ भन्या छैन। कतैबाट निकाल्या छैन’, उनले भने,

‘तर हामीले काम गर्दै गर्नका लागि, काम गर्दै गर्नुपरेन? पार्टी चलाउँदै गर्नु परेन? उहाँहरु आएपछि सल्लाहसँग गरुँला। अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौँ। काम त चलाउँदै गर्नुपर्‍यो नि हामीले। त्यो जिम्मा दिँदाखेरी फेरि दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ। किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि। ७ गते बैठक बोलाइएको छ। आउनुस् । छलफल गरौँला । कसरी अगाडि बढ्ने बढौला।’

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन २९, २०: २३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन २९, २०: २३

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन २९, २०: २३

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...