
नयाँ बिकल्प,
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपा एमालेको केन्द्रीय कमिटीमा बस्ने पार्टी नेताहरुलाई कारबाही गर्ने भएको छ ।
गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद रामबहादुर थापा बादलसहितका २३ जना नेताहरुलाई कारबाही गर्ने तयारी गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।
माओवादी केन्द्र ब्यूँतिएपछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे प्रस्ताव राखिएसँगै एमाले प्रवेश गरेका ति नेताहरुलाई कारबाही गर्न लागिएको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जनाए ।
माओवादीका नेताहरु थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेर मन्त्रिपरिषबाट फिर्ता हुन पार्टीले निर्देशन दिएको थियो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...