खरेललाई हटाएर बडाल भए महान्यायाधिवक्ता – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

खरेललाई हटाएर बडाल भए महान्यायाधिवक्ता


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मनमुटावपछि नेपाल सरकारका महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले राजिनामा दिएकै दिन शुक्रबार काभ्रेका रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सघटन सिफारिस गर्ने निर्णयप्रति नै असन्ुतष्टि जनाउँदै आएका खरेलले विघनट निर्णयको पक्षमा सर्वोच्च अदालतमा वकालत गर्दा कमजोर प्रस्तुति भएको भन्दै आलोचना भएको थियो ।

ओलीसँगको मनमुटावपछि गत फागुन १० गते नै प्रधानमन्त्रीलाई खरेलले राजिनामा बुझाएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वोच्चको संवैधानिक इजलासले फैसला दिनै लागेकाले केही दिन पर्खन भनेका थिए । सर्वोच्चले फागनु११ मा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । बडाललाई आइतबार सपथग्रहण गराउने कार्यक्रम राखिएको जनाइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ६, १७: ४४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ६, १७: ४४

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ६, १७: ४४

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...