एमालेकाे शक्तिशाली अध्यक्ष बन्दै ओली, वैशाख ९ मा कार्यालयकाे शिलान्यास, माधव पक्षका दर्जन नेतामाथि कारवाहिकाे तयारी ! – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

एमालेकाे शक्तिशाली अध्यक्ष बन्दै ओली, वैशाख ९ मा कार्यालयकाे शिलान्यास, माधव पक्षका दर्जन नेतामाथि कारवाहिकाे तयारी !


नयाँ विकल्प
काठमाडाैं-एमाले संसदीय दलको संशोधित विधानने अध्यक्षलाइ अशिमित अधिकार दिदै शक्तिशालि बनाउने गरि विधान संशाेधन गरेकाे छ ।

शनिबार केन्द्रीय समितिकाे बैठकले उक्त विधान अनुमोदन समेत गरेकाे छ । सत्तारूढ नेकपा एमालेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले महासचिवको नेतृत्वमा सचिवालयको व्यवस्थापन निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
यसैगरी आगामी वैशाख ९ गते (अप्रिल २२) मदननगर बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने पनि निर्णय गरेको हो।यसैगरी, स्थायी कमिटी पुन:गठनका लागि अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरिएको छ।

बाँकी कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोख्रेल र टोप बहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्न भनिएको छ। प्रदेश कमिटीको कमिटी बनाउँदा प्रदेशका इन्चार्ज/ सह-इन्चार्ज संयोजक र सह-संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ। जन संगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जन संगठनको इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष, सह अध्यक्ष, महासचिव पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरिएको छ।

त्यस्तै, प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्ज/सहइन्चार्ज, संयोजक/सह-संयोजकसँग सल्लाह व्यवस्थापन गर्न भनिएको छ। माधव नेपाल, भीम रावल लगायतलाई स्पष्टीकरण सोध्ने तयारी संस्थापन पक्षकाे छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राम कुमारी झाँक्रीलाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने/राख्ने अधिकार अध्यक्ष रहने गरि पार्टीकाे विधान संसाेधनमाे तयारी ओली पक्षले गरेकाे छ । त्यस्तै, संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ।

यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ। यस्तै बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ।

२०७८ मंसिर २ देखि ६ सम्म हुने १० औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा विद्यमान हाल २ सय ६४ सदस्यीय कमिटी स्वत: आयोजक कमिटी बनाउने निर्णय गरिएको छ। अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुनेछ भने अन्य पदाधिकारी नहुने निर्णय गरिएको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ७, १८: ४१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ७, १८: ४१

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ७, १८: ४१

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...