एमालेका ‘एक्ला सर्वशक्तिमान ’ ओली ! – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

एमालेका ‘एक्ला सर्वशक्तिमान ’ ओली !

नयाँ विकल्प

काठमाडाैं- अस्वभाविक रूपमा पुर्नस्थापना भएको एमालेका एक्ला अध्यक्ष बनेका केपी शर्मा ओली एक्ला सर्वशक्तिमान अध्यक्ष बनेका छन् ।

गत शनिवार ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले एमालेको विधान नै संशोधन गरेर प्रधानमन्त्री समेत रहेका ओलीलाई असिमित अधिकार प्रत्यायोजन गर्ने गरि विधाननै संशोधन गर्याे ।

एकिकृत नेकपा अध्यक्ष रहेका ओली विस्तारै एक्लिदै एमाले संस्थापन गुटभित्र असिमित अधिकार सहित शक्तिशाली बन्ने प्रयास गरेका छन् । अधिनायकवाद, स्वेच्छाचारी, दम्भी निरंकुशजस्ता आरोप खेपी रहेका ओलीलाई नेकपाको संस्थापन पक्षले दिएको असिमित अधिकारले उनी भोलीका दिनमा अझै निरंकुश शैलीमा अघि बढ्ने आशंका आम रूपमा गरिएको छ ।

चैत ७ गते बसेको ओलीपक्षीय केन्द्रीय समितिको बैठकले संशोधित विधान अनुमोदन समेत गरेको छ । उक्त विधानअनुसार अव नेकपा एमाले ओली समूहको सचिवालयको व्यवस्थापन महासचिवको नेतृत्वमा रहने छ । यसैगरी आगामी वैशाख ९ गते (अप्रिल २२) मदननगर बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने पनि निर्णय गरेको हो । यसैगरी, स्थायी कमिटी पुनःगठनका लागि अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरिएको छ ।

पार्टीको कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोख्रेल र टोप बहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्न भनिएको छ । प्रदेश कमिटीको कमिटी बनाउँदा प्रदेशका इन्चार्ज÷सह–इन्चार्ज संयोजक र सह–संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।

जुन संगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जुन संगठनको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष, सह अध्यक्ष, महासचिव पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरिएको छ । त्यस्तै, प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्ज÷सहइन्चार्ज, संयोजक÷सह–संयोजकसँग सल्लाह व्यवस्थापन गर्न भनिएको छ ।

माधव नेपाल, भीम रावल लगायतलाई स्पष्टीकरण सोध्ने तयारी संस्थापन पक्षको छ । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राम कुमारी झाँक्रीलाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने÷राख्ने अधिकार अध्यक्ष रहने गरि पार्टीको विधान संशोधनको तयारी ओली पक्षले गरेको छ । त्यस्तै, संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ । यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

यस्तै बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ । २०७८ मंसिर २ देखि ६ सम्म हुने १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा विद्यमान हाल २ सय ६४ सदस्यीय कमिटी स्वतः आयोजक कमिटी बनाउने निर्णय गरिएको छ । अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुनेछ भने अन्य पदाधिकारी नहुने निर्णय गरिएको छ ।

ओलीले केन्द्रीय कमिटीको बैठकमा आफूइतरका चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गराएका छन् । माधव नेपाल र झलनाथ खनाल समूहका नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ ।

तर उक्त समूहका खनाललाई भने स्पष्टिकरण सोधिएन । पार्टीको पूर्वअध्यक्ष र वरिष्ठ नेता भएकाले खनालका गतिविधिलाई ध्यान त दिइएको छ तर नेपालसहितका अन्यले जस्तो उनले समूह बनाएरै समानान्तर भेला नगरेको र विभिन्न भेलामा उपस्थिति मात्र जनाएकाले हाल स्पष्टिकरण नसोधिएको बताइएको छ ।

ओलीले उक्त भेलामा गएका अन्य सदस्य र एमाले कार्यकर्तालाई बहकाउमा लगाउनका लागि नेपाल, रावल, भुसाल र पाण्डेको भूमिका प्रमुख रहेकाले पहिलो चरणमा स्पष्टिकरण सोध्ने निर्णय गराएका हुन् । ओलीविरुद्ध कडा आलोचना गर्ने नेत्री रामकुमारी झाँक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरिएको छैन ।

‘केन्द्रीय कमिटीका अन्य सदस्यलाई पनि सोधिएको छैन, प्रमुख भनिने र पदाधिकारीलाई मात्र सोध्ने निर्णय भएको हो । त्यसैले झाँक्रीलाई नसोधिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

वालुवाटारमा बसेको बैठकमा सहभागी एक नेताले रामकुमारी झाक्रीको नाम छुट्यो नि भन्ने प्रश्न गरेपछि अध्यक्ष ओलीले वेट नै नभएकासँग के को स्पष्टिकरण भनि जवाफ दिएका थिए । बैठकले सुरूमा नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपनि अन्तिममा वेट नपुगेको भन्दै झाक्रीलाई कारबाही गर्ने विषयमा नाम हटाइएको हो ।

बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने भएको छ । बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने भन्दै नत्र कारवाहीको प्रक्रिया अघि बढाइने प्रष्ट पारे ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ९, १३: ३२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ९, १३: ३२

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ९, १३: ३२

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...