
नयाँ विकल्प
काठमाडाैं-नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ।
बिहान साढे ९ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ। आजकाे स्थायी समितिकाे बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने संभावना छ ।
साथै सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही तथा पछिल्लो राजनीतिक घटनाका विषयमा आजको बैठकमा छलफल हुने नेकपा माओवादी केन्द्र स्राेतले जनाएकाे छ। माओवादी केन्द्रले यसअघिनै सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
माओवादीले गत फागुन २९ मा बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। साथै नेकपा एमालेको केपी ओली पक्षमा गएका माओवादी नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो।
तर, सरकारमा रहेका मन्त्रीहरुले कुनै जवाफ नदिएको र एमालेमै बस्ने निर्णय लिएपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी पनि माओवादीले गरेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...