प्रधानमन्त्री ओली र जसपा नेताबीच बालुवाटारमा छलफल जारी – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रधानमन्त्री ओली र जसपा नेताबीच बालुवाटारमा छलफल जारी


नयाँ विकल्प
काठमाडाैं-सत्ता समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टीका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्।

अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन् । जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ।

प्रधानमन्त्री, माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि जसपा छलफलमै छ। यद्यपी निचोड निस्किसकेको छैन। नेपाल कम्युनिष्ट पार्टी माओवादीले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिन छलफल चलाइरहेकाे बेला जसपा र प्रधानमन्त्री ओलीकाे भेटलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।


यता जसपमा सत्ता साझेदारीलाई लिएर विभाजित भएको छ। ठाकुर र राजेन्द्र महतो ओलीलाई नै साथ दिनेमा लचक देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा ओलीलाई साथ दिन नहुनेमा अडिक छन्।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १०, १२: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १०, १२: ३०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १०, १२: ३०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...