
नयाँ विकल्प,
काठमाडाैं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने प्रयास फेरि सुरु भएको छ । यसका लागि नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पुनरावलोकनमा जाने निर्णय भएकाे हाे । बैठकले कानुन व्यवसायीहरुसँग परामर्शपछि पुनरावलोकनमा जाने निर्णय लि लिएको हाे ।
यसअघि माओवादी केन्द्रले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रामनारायण बिंडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधानलगायतसँग सुझाव लिएको छ । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।
२३ फागुनमा सर्वोच्च अदालतले ऋषि कट्टेलले दायर गरेको मुद्दामा सुनुवाई गर्दै केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई खारेज गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्काउने फैसला गरेको थियो ।
नाम जुधेकाले नेकपा खारेज गरिदिएपछि पुरानै अवस्थामा पुगेको फैसलामा उल्लेख थियो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले दायर गरेको मुद्दामा मागदाबी भन्दा बढी अदालतको फैसला भएको भन्दै पुनरावलोकनमा जान कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।
यसैगरी, माओवादी केन्द्रले अझै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने नगर्नेबारे निर्णय लिएन । समर्थन यथावत् राखी माओवादी केन्द्र अदालतमा पुनरावलोकनमा जाने भएको हो । सरकारलाई समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्री ओलीलाई चुनौती कायमै हुनसक्ने अवस्था छ ।
यसले अविश्वासको प्रस्ताव कुनैपनि बेला आउनसक्ने परिस्थिति कायमै राखेको छ । समर्थन फिर्ता नलिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मत लिन नसकेपनि उनी सबैभन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्वमै रहने सम्भावना रहन्छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...