
नयाँ विकल्प,
काठमाडाै- सेयर बजारमा रौनकता सुरु भएको छ । लामो समयदेखि सुस्त बनेको बजारले पछिल्ला केही दिनदेखि विस्तारै गति लिने संकेत गरिरहेको थियो ।
सोही संकेतलाई साबित गर्दै बुधबार नेप्से सूचक दोहोरो अंकले विस्तार भएको छ । यसरी वृद्धि भएको सूचकलाई कारोबार भोलुमले पनि राम्रो साथ दिएको छ । सूचकका साथमा भोलुममा पनि तेजी आएकाले अब दिगो सुधारतर्फ बजार अघि बढेको विश्लेषण हुन थालेको छ । किन भने सेयर बजार बुल रनमा छ ।
बुलिस प्रवृत्तिमा रहेको बजार पनि सुस्त भएको लामै समय भइसकेको छ । यसर्थ, भाउ निकै सस्तो हुन थालेपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ताको नजर फेरि सेयर बजारतिरै पर्न थालेको हो । यसअघि तरलता अभाव र बैंक ब्याजदर वृद्धिको हल्ला चलाइएको थियो । तर वास्तवमा यी दुवै पक्ष अहिले पनि ठीकठाक अवस्थामा नै रहेका छन् ।
अहिले पनि बजारमा अधिक तरलताको अवस्था छ । ब्याजदर पनि सस्तो छ । सोही कारण आम लगानीकर्ता सेयर बजारमै आकर्षित हुन थालेका हुन् । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले निकै ठूलो भूमिका खेल्छ । अहिले फेरि लगानीकर्ताको आत्मबल सकरात्मक हुन थालेको छ । जसले बजारलाई फेरि माथि लैजान सहयोग पुर्याउने अनुमान गरिएको छ ।
बजारमा सेयरको भाउ सस्तो भइरहेको छ । यस्तो बेला सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ सस्तो मूल्यमा किन्न पाउने भएपछि आम लगानीकर्ता उत्साहित बनिरहेको देखिन्छ । अब विस्तारै वित्तीय प्रणालीमा तरलता थप मजबुत हुँदै जानेछ । नयाँ बजेटको निर्माण तयारी सुरु भइसकेको छ । अब चालु वर्षको विकास निर्माणले तीब्रता पाउनेछ । सरकारी खातामा रहेको पैसा बैंक तथा वित्तीय संस्थामा आउनेछ ।
यसले पनि तरलता थप सहज बनाउन सहयोग पुग्नेछ । सिजनका हिसाबले पनि अब सेयर बजारका लागि उपयुक्त समय आउँदैछ । चैतपछि विगत वर्षहरुमा पनि वित्तीय प्रणालीमा तरलता प्रचुर हुने गरेको थियो । यी सबै सकारात्मक परिदृश्यहरुका कारण सेयर बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।
लगानीकर्ताले योजनाबद्ध र रणनीतिक हिसाबले अघि बढ्न आवश्यक हुन्छ । वित्तीय व्यवस्थापन र सबल कम्पनीहरुतर्फ लगानी केन्द्रित गर्न सक्नुपर्छ । नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा आइपुगेको छ । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ६५ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल बंगलादेश बैंक रहेका छन् ।
६ अर्ब ६७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ६९ लाख ३४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । ट्रेडिङ, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, होटेल्स तथा पयर्टन, बिमा, फाइनान्स लगायतका समूहमा अधिक तेजी देखिएका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...