
नयाँ बिकल्प,
काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना बिभिन्न माग राख्दै माईतिघर चोकमा धर्नामा बसेका थारु कल्याण्कारी सभा र थरुवान थरुहट समितिका प्रतिनिधिहरुलाई आज संवोधन गरेका छन् ।
दिउँसो तीन बजे माईतिघर गएका गृहमन्त्री थापाले धर्नामा बसेका प्रदर्शनकारीकै अघि पलेंटी कसेर बसेका थिए । धर्नाकारीसँग छलफल गर्न गएका गृहमन्त्री थापाले थारुवान संघर्ष समितिका संयोजक लगायतलाई संवोधन गर्दै थारुवाट संघर्ष समितिले राखेको मागप्रति सरकारको गम्भीर रुपमा ध्यानाकर्षण भएको बताए ।
आफू प्रधानमन्त्री केपी शर्मा ओली र सरकारकोतर्फ बाट आफू आएको भन्दै सरकार आन्दोलनकारीको माग वार्ताद्वारा नै समाधान गर्न चहेको बताए ।
उनले थारु संघर्ष समितिले अघि सारेका मागहरुप्रति सरकार जानकार भएको भन्दै माग संवोधन हुने आश्वासन दिए । तर, धर्नामा बसेकाहरुले सरकारको लिखित प्रतिवद्धता जरुरी भएको बताए ।
२०७२ मा कैलालीको टिकापुरमा भएको घटनाका दोषीहरुलाई जेलमुक्त गर्न, झुटा मुद्धा फिर्ता लिन, टिकापुर काण्डका घाईते, सम्पति जलाइएका पीडित परिवारलाई उचित क्षतिपूर्ती दिन माग गर्दै आएका छन् । टिकापुर काण्डको अभियोग लागेका प्रतिनिसभा सदस्य रेशम चौधरी हाल अदालतको आदेशमा सजाय भोगी रहेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...