प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिए, राज्यमन्त्री गुरुङ मन्त्रीमा बढुवा – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिए, राज्यमन्त्री गुरुङ मन्त्रीमा बढुवा

नयाँ बिकल्प,

बिराटनगर – सत्तारुढ नेकपा एमाले भित्रको किचलो र द्वन्द्व बढ्दै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश मन्त्रिपण्डल पुनर्गठन गरेका छन् ।

प्रदेश मन्त्रीमण्डल पुनर्गठन गर्दा आफू पक्षका दुई जना प्रदेश सभासद्लाई मन्त्री र तीन जना प्रदेश सभासद्लाई राज्यमन्त्री बनाइएको छ । एक जना राज्यमन्त्रीलाई भने मन्त्रीमा बढुवा गरिएको छ । मन्त्रीमण्डल बिस्तार गर्दा माधव नेपाल पक्षलाई भने बाईपास गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषद्मा नेकपा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश अर्थमन्त्री टंक आङबोहाङलाई पुनः अर्थमन्त्री दिईएको छ ।

तत्कालिन नेकपा भित्रको आन्तरिक संघर्ष चर्किदै जाँदा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहमा लागेका आङ्बोहाङले अर्थमन्त्रीबाट राजिनामा दिएर मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश गरेका थिए ।माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि आङबोहाङलाई पनि आफूतिरै तानेको बताइन्छ ।

बिस्तारित प्रदेश मन्त्रिपरिषद्मा पूर्वकानून मन्त्री तथा प्रतिनिधिसभाका सांसद शेरधन राईकी धर्मपत्नी प्रदेश १ की सांसद उषाकला राई सामाजिक विकासमन्त्री भएकी छन् । यसअघिका मन्त्री जीवन घिमिरेले मुख्यमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेसँगै पदबाट राजिनामा दिएका थिए ।

यस्तै राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार बिकास मन्त्री भएका छन् । यस्तै प्रदेश सांसद राम बहादुर राना मगर भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री भएका छन् । उदयपुरकी कला घले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

आगामी साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाउने आन्तरिक ममला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।
९ सदस्यीय प्रदेश मन्त्रिमण्डलमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैत भने पुरानै अनुहार हुन् । पुरानै अनुहार अम्विरबाबु गुरुङ मन्त्रीमा बढुवा भएका हुन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १३, १४: ३०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १३, १४: ३०

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १३, १४: ३०

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...