पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जाेशीकाे निधन – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जाेशीकाे निधन


नयाँ विकल्प
काठमाडाैं – नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएकाे छ ।

मष्तिष्कघातपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार साँझ ८:३० बजे निधन भएको निधन भएको हाे । मष्तिष्कघातको शल्यक्रियापछि नर्भिक अस्पतालमा जाेशीकाे सघन उपचार भइरहेको थियो ।

शल्यक्रियापछि पनि अस्पतालमा राखिएका नेता जोशीको अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका थिए । जाेशीकाे टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो । जोशीको जन्म २०२० साल पुस २४ गते भएको थियो । काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका संविधानसभा सदस्य नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर थिए ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा जोशी पटकपटक पक्राउ परि हिरासतमासमेत परेका थिए ।जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए । जोशीका एक छोरी र श्रीमति छन् .

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १३, २१: ११

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १३, २१: ११

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १३, २१: ११

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...