
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसले म्यानमारमा भैरहेकाे नरसंहासलाइ अमानवीय र निन्दनीय भनेकाे छ । नेपाली कांग्रेसले म्यानमारमा भैरहेकाे प्रजातन्त्र पुनर्स्थापना गर्न भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाइएकाे छ ।
विज्ञप्तीमा भनिएकाे छ , ‘म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ,। जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न पनि कांग्रेसले माग गरेको छ।
‘लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको कंग्रेसले जनाएकाे छ । कांग्रेसले जहाँ पनि लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति कांग्रेसको रहेको उल्लेख गरेकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...