
नयाँ विकल्प,
एजेन्सी – म्यानमारको सेना नागरिकविरूद्ध दिनप्रतिदिन झनै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ।
शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक राजधानी यंगुननजिकैको बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर गोली चलाएका हुन्।
सुरक्षाकर्मीको गोली लागेर हताहती भए/नभएकोबारे भने खुलिसकेको छैन। ‘हामीले उनका लागि क्रान्तिकारी गीत गाइरहेका बेला सुरक्षाकर्मी आए र गोली चलाए,’ अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्,‘गोली चल्न थालेपछि हामी भाग्यौं।’
शनिबार सेनाको गोलीले मारिएका एक जना २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि उनीहरू त्यहाँ भेला भएका थिए। छुट्टै घटनामा आइतबार सेनाको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।
काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...