
नयाँ विकल्प
काठमाडाैं- सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा बनायो वार्ता समिति बनाएकाे छ ।
थारू कल्याणकारी सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको हाे । सरकारका प्रवक्ता पार्वत गुरूङका अनुसार थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।
उक्त वार्ता समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्। प्रवक्ता गुरूङले आजदेखि नै सम्बन्धित सभासँग वार्ता हुने बताएका छन्। टिकापुर घटनामा मुख्य याेजनाकार चाैधरी अदालतबाट दाेषी ठहर भइ , डिल्लीबजार कारागारमा अाजिवन कारावासकाे सजाय भाेगिरहेका छन् ।
यस्ताे थिया टीकापुर नरसंहार !
संविधान सभाकाे निर्वाचन पछि संविधान निर्माण चलिरहेका बेला सुदूपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो । अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए ।
आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच तनाव चुलिइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा ८ जनाको सामूहिक हत्या भएको थियो ।
सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो । थारु समुदायको उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गर्याे । आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरे ।
उत्तेजित भिडकाे आक्रमण परि एसएसपी न्यौपानेसहित आठजना र एकजना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । मुख्य योजनाकार रेशम चौधरी उक्त नरसंहारपछि फरार भए । भारतमा लामाे समय लुकेर बसेका उनी कैलाली १ बाट प्रतिनिधि सभामा विजयी भए ।टीकापुरसहितको भूगोलबाट पाएको भारी मतले उनी प्रतिनिधिसभामा २० हजार ९ सय ३५ को फराकिलो अन्तरले निर्वाचित भए ।
चुनाव जितेकाे झण्डै २ बर्षपछि आत्मसमर्पण गरेका उनी दाेषी ठहर भइ हाल डिल्ली बजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । उनले सांसद पदको सपथ पनि खाइसकेका छन् ।
आत्समर्पण गरेसँगै उनले कैलाली कारागारमै सांसद पदमा सपथ खुवाउनुपर्ने माग गर्दै अनशन बसे । अनशनकै क्रममा बिरामी परेपछि रेशमलाई काठमाडौँ ल्याइयो । काठमाडौँ ल्याएपछि उनलाई तत्कालिन सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका थिए ।
किन छाडिदै छन नससंहारका नाइके रेशम चाैधरी ?
विहिबार प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) बिचकाे छलफल भएसंगै जसपाले आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको बैठक बाेलाएकाे छ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेकपा विभाजनसंगै बहुमत गुमाएको छ ।
यधपी सरकार सहयात्री दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता अहिले सम्म फिर्ता लिएकाे छैन् । उसले उपयुक्त समयमा समर्थन फिर्ता लिने बताइसकेकाे छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीलाई बहुमत जुटाउन अर्को दलको साथ चाहिन्छ।
विहिबार बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री ओलीले सरकार टिकाइराख्न जसपाले राखेकाे माग पुरा गर्न तयार रहेकाे बताएका छन् । जसमा जसपाले मुख्य माग जेलमा रहेका सांसद रेशम चौधरीलाई छोड्ने, नेता/कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने र संविधान संशोधन गर्नुपर्ने सर्त राखेकाे छ ।
प्रधानमन्त्री केपी सर्मा ओलीकाे मुख्य याेजनमा समाजवादी पार्टी फुटाउँन संसद अपहरण गरिएपछि राजपा र समाजवादी पार्टीको गत वैशाख १० मा एकिकरण भएका थिए । जनता समाजवादी दलमा जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...