
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
पार्टीबिरुद्ध गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि प्रधानमन्त्री केपी शर्मा अोलीले निलम्बन गरेका छन् । पार्टीको हित र एकता विरोधी गतिविधि गरेकाले निलम्बन गरिएको भन्दै ओलीले दुवैलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले नेपाल र रावलसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए । नेपाल र रावलले ओलीलाई नै प्रतिप्रश्न गर्दै जवाफ फर्काएका थिए । बालुवाटारको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल र रावलको जवाफ कारवाहीको भागिदारयोग्य रहेको पूर्वघोषणा यसअघि नै गरिसकेका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता नेपाललाई स्पष्टिकरण सोधिएको तर उनले आफ्नो भुल त्रुछि स्विकारोक्ती नगरेको र स्वार्थी प्रबृत्ति देखिएको भन्दै ओलीले ‘आफ्नो स्वार्थको लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोबृत्ति प्रष्ट रुपमा पुष्ट भएको’ आरोप लगाएका छन् ।
निलम्वन गरिएको सम्वन्धमा नेता नेपाललाई लेखिएको पत्रमा मिति भने फागुन १६ गते उल्लेख गरिएको छ । त्यस्तै, उनलाई ६ महिनाको लागि निलम्वन गरिएको भनिए पनि नेपाललाई बुझाईको पत्रमा ‘निरम्बन’ गरिएको भन्ने शब्द राखिएको छ ।
ओलीले नेपाललाई निलम्बन गरेको यस्तो छ पत्र –


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...