
नयाँ विकल्प,
काठमाडाैं-रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको एकसाथ सरुवा गरिएको छ।
गृह मन्त्रालयले सोमबार प्रजिअ पिताम्बर घिमिरे प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले पर्साका सिडिओ अस्मान तामाङलाई रुपन्देही पठाएको छ।
प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा मुख्यालयबाट मनोज केसी पठाइएका छन् भने सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ। गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लेखेटेको घटनामा पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै सिडिओ र एसपीको सरुवा गरिएको स्राेतकाे दावी छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...