
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले बझाङका जनता भोकमरीका कारण आत्महत्या गर्न बाध्य हुने अवस्थामा समेत सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसका युवा सांसद प्रकाश रसाइलीले सरकारको आयोजनामै होली वाईन खान १३ करोड रुपैयाँ खर्च भएको तर बझाङका जनताले चामल आपूर्ती गर्न सरकारसँग माग गर्दा नपाउने स्थिति आएको बताएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद रसाईलीले भने ‘ यो सरकार बनेपछि तपाईंहरुले १३ करोडको होली वाईन खानु भयो । तर, बझाङका जनताले चामल खान पाउने कि नपाउने ? म प्रधानमन्त्रीज्यूसँग जवाफ माग्न चाहन्छु ।’
सांसद रसाइलीले बझाङको साइपल गाउँपालिकाकी कल्पनादेवी बोहोराले १० महिनाको दुधे बच्चा लिएर संघीय सरकारका सबै मन्त्रालय र निकाय धाउँदै चामल आफूर्ती गर्न माग गरिरहेको भनदै सोही जिल्लाको थलारा गाउँपालिका –२ का वडाध्यक्ष भीम खड्काले अब बझाङ्गी जनता भोक भोकै मर्ने अवस्था आएको गुनासो गरेको बताए ।
‘हामीले भात खान पाएनौं ।यो खडेरीका कारण अब हामीले कि आत्महत्या गर्नु पर्छ वा माईतिघर मण्डलामा आउनु पर्छ भनेर जनप्रतिनिधि गुनासो गरिरहेका छन्, सांसद स्नेहीले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर नृत्य हेरिरहेको र त्यो नृत्यको टिकट बिक्री गर्ने सांसद खरिद बिक्रीको उद्घोष गरिरहेको अरोप लगाए ।

अर्का सांसद दिलेन्द्रप्रसाद बढुले प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि गम्भिर सुरक्षा खतारा रहेको र आफूमाथि कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको विषयमा सत्य र यथार्थ जानकारी दिन सरकारसँग माग गरे ।
‘प्रधानमन्त्रीलाई सुरक्षा थ्रेटका विषयमा गृहमन्त्रालय कति गम्भीर छ ? उहाँको सुरक्षामा गृह मन्त्रालयले के के गरिरहेको छ ? संसद चलिरहँदा पनि आजसम्म प्रधानमन्त्री यो सदनमा नदेखिनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो वा नैतिक खतरा देखिरहनु भएको हो?’, सांसद बढुले प्रश्न गरे ।
नले होइन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै सुरक्षा अंग र सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरी यस्तो गैरजिम्मेवार असत्य बनावटी अभिव्यक्ति दिएको विषयमा प्रधानमन्त्री, गृहमन्त्री वा प्रवक्ताले स्पस्ट जानकारी सदनलाई दिनु पर्ने माग गरे ।
कांग्रेसका अर्का सांसद बालकृष्ण खाँड चैत १५ गते आइतबार बागलुङ जिल्लाको प्युठानसँग सीमा जोडिएको बडीगाउँ १० बल्देगाउँमा भएको हिंसात्मक घटनामा परी कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग गरे ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...