सरकारमाथि ‘भ्रष्टाचारी र ठग’ पूर्व र बहालवाल मन्त्रीलाई सुविधा दिने गरेको आरोप – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

सरकारमाथि ‘भ्रष्टाचारी र ठग’ पूर्व र बहालवाल मन्त्रीलाई सुविधा दिने गरेको आरोप


नयाँ बिकल्प,

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टचारमा गन्हाएका मन्त्री र पूर्वमन्त्रीलाई कारबाहीको सट्टामा उल्टै संरक्षण र सुविधा दिनमा व्यस्त भएको सांसदहरुले आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद देवेन्द्रराज कँडेलले सरकार भ्रष्टाचार र ठगहरुको संरक्षणमा लागेको आरोप लगाए ।

‘संविधानको भावना र मर्म विपरित सदन विघटन गर्ने तर सर्वोच्च अदालतले बहाल गरिदिएपछि नैतिकताको प्रश्न उठ्दा समेत सरकारले लाज पचाएपछि कसको के लाग्दो रहेछ र?’ सांसद कँडेलले भने, ‘सेटिङको हल्ला, दावी नगरे पनि न्याय बिदा, बाई वान गेट वान फ्रि उपहार वर्तमान सरकारले लागू गरेको छ ।’

पूर्वगृहराज्यमन्त्री कँडेलले गृह मन्त्रालयले सुरक्षा खतराको आधारमा सुरक्षाकर्मी दिने मापदण्ड विपरित ०६०को द्वन्द्वकाल, मधेश आन्दोलन, २०७२ मा आक्रमणमा परेका भिआईपी सुरक्षा मापदण्डमा नपरेको तर भ्रष्टाचार प्रकरणमा राजिनामा दिएका पूर्वसंचारमन्त्रीलाई बाई वान गेट टु उपहारसहित सुरक्षाकर्मी दिएको दाबी गरे ।

सुरक्षा मापदण्ड भीआईपीको अनुहार हेरेर बनाइएको र भ्रष्टाचारीको जीउधनको रक्षा गर्नु नै सरकारको पहिलो प्राथमिकता जस्तो देखिएको भन्दै उनले सरकारले भ्रष्टाचार र अनैतिक काम गर्ने वाहेकलाई सुरक्षामापदण्ड भित्र नपारेको गुनासो गरे ।

नेकपा माओबादीकी समानुपातिक सांसद दिलकुमारीले भ्रष्टाचारी नम्वर वान, ठग नम्वर वान र हत्यारा नम्वर वान भनेर चिनिएका शहरी विकास मन्त्री प्रभु साहलाई कारबाही गर्न माग गरिन् ।

‘बीरगंजका काशी तिवारीको हत्या पछि उनकी श्रीमतीलाई आठ लाख रुपैयाँ दिएर मुख बन्द गरिएको थियो’, सांसद दिलकुमारीले भनिन्, ‘पत्रकार बिरेन्द्र साह र शिक्षक सुनिल यादवको परिवार अहिले पनि हत्यारालाई कारबाहीको माग गरिरहेका छन्, तर आरोपित व्यक्ति नै मन्त्री छन् ।’

उनले महिलालाई जतिसुकै दुख होस श्रीमान र परिवारको शक्ति बनेर अघि बढ्ने गरेको भन्दै काशी तिवारीको हत्यापछि जतिसुकै शक्ति र पैशाको धम्की दिए पनि दोषीलाई कारबाही गर्नमै लाग्ने बताइन् ।

सांसद दिव्यमणी राजभण्डारीले कोरोना भाईरसकको संक्रमण भारतमा बढी रहेको अवस्थामा यसको प्रभावलाई नियन्त्रण गर्न भ्याक्सिन मगाउन, परिक्षण गर्न वा जनचेतना जगाउन केही पनि नगरेकोले तत्काल सर्वदलिय बैठक बोलाउन माग गरे ।

कांग्रेसका अर्का सांसद देवप्रसाद तिम्सिनाले धर्मभक्त मानवअङ्ग प्रत्यारोपण सेन्टरमा बिरामीलाई बस्ने ठाउँ जग्गा, भवनको अभाव हुँदा किड्नीको ट्रान्सप्लान्ट गर्ने दैनिक ५० जना विरामीहरु प्रताडित बन्ने गरेको बताए । उनले भने, ‘एक दिनमा एक जनाको मात्र पत्यारोपण गर्ने भएकाले समस्या छ । किड्नीको बिरामीको उपचारको व्यवस्था गर्न बजेट दिन नसक्ने सरकारले पानीजहाज र रेलको कुरा नगर्नु उपयुक्त हुन्छ ।’

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १८, १९: ०२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १८, १९: ०२

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १८, १९: ०२

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...