होली खेल्ने क्रममा झडपमा परी मृत्यु भएका दुवै जनाको चार दिनपछि अन्त्येष्टि – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

होली खेल्ने क्रममा झडपमा परी मृत्यु भएका दुवै जनाको चार दिनपछि अन्त्येष्टि

नयाँ विकल्प
काठमाडौं–गत आइतबार निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

होली खेल्ने क्रममा सामूहिक झडप भएपछि दुवैको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको थियो ।

दुवैजनाको शव सोमबार बुर्तिबाङ शव परीक्षण परीक्षण भएपनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवार शव बुझ्न मानेका थिएनन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् ।

शव बुझेपछि परम्परागत रुपमा दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ ।

दुवैजनाको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र १९, १२: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र १९, १२: ०९

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र १९, १२: ०९

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...