
नयाँ विकल्प,
काठमाडाैं- सेयर खरिदबिक्री रकममा दिनदिनै वृद्धि हुन थालेको छ । बढ्दो क्रममा रहेको नेप्से सूचकलाई कारोबार भोलुम दिनहुँ वृद्धि हुँदै साथ दिइरहेको छ ।
यसबाट बजार दिगो सुधारतर्फ अघि बढेको अनुमान गर्न थालिएको छ । बिहीबार ७ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । पछिल्लो समय कारोबार भोलुमले ७ अर्ब नाघ्न सकेको थिएन । बजारमा उत्साह आउँदा ८ कम्पनीको भाउ ९% भन्दा बढी तथा सर्किट लाग्ने तहमा वृद्धि भएको ।
नेप्से सूचक १२.८८ अंकले वृद्धि भएर २६३१.९० विन्दुमा आइपुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास समाप्त हुने मिति नजिकिंदै गर्दा बजारमा झन् उत्साह देखिएको हो । वैशाख लागेपछि तेस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ । यसले पनि बजारमा सकारात्मक परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ ।
सूचकीकृत कम्पनीहरुले यस त्रैमासमा अपेक्षाकृत राम्रो नाफा गरेको रिपोर्ट आएमा त्यसले सेयर बजारलाई थप उचाईमा लैजान सहयोग पुर्याउनेछ । यस्तै, वैशाख लागेसँगै बैंकिङ प्र्रणालीमा तरलता थप सहज हुँदै जानेछ । विकास निर्माणका कामले तेजी लिने भएकाले सरकारी खातामा रहेको पैसा बजारमा आउने क्रम वृद्धि हुनेछ । यी सबै सेयर बजारका लागि सकारात्मक विषय हुन सक्छन् ।
त्यसपछि फेरि नयाँ बजेटको चहलपहल बढ्न थाल्नेछ । वैशाखपछि त्यसै पनि सेयर बजारको सिजन सुरु भएको मानिन्छ । जेठ, असार महिनामा वियरिस ट्रेन्डमा रहेका बेलामा समेत बजारमा चहलपहल बढ्छ । अझ यो त बुलिस बजार भएकाले सकारात्मक प्रभाव अझ बढी देखिने लगानीकर्ताको विश्वास रहेको देखिन्छ ।
यसर्थ, लगानीकर्ताहरुले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर योजनाबद्ध हिसाबले अघि बढ्न आवश्यक देखिन्छ । खरिदबिक्री रकममा २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रोमा एचआइडीसीएल र अपि पावर परेका छन् ।
१३ मध्ये ९ समूहको सूचक वृद्धि भएको छ । ट्रेडिङ समूह सबैभन्दा बढी प्रतिशतले वृद्धि भएको छ । अन्य समूह, विकास बैंक, फाइनान्स लगायतका समूहहरुमा पनि तेजी आएको छ । २१८ कम्पनीको १ करोड ४३ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेपाली पैसाबाट
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...