
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरबाट स्विच थिचेर गरेको शिलान्यासलाई सांसदहरुले नौटंगी भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद रंगमति शाहीले कुन सडक, कहाँ र कस्तो बन्दैछ भन्ने थाहौ नपाई शिलान्यास गर्नुलाई नौंटंगीको संज्ञा दिईन् । उनले देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युगमा प्रवेश गर्यो भनेर प्रधानमन्त्रीले भने पनि आफ्नो जिल्लाबसीले गाडी र एम्वुलेन्स देख्न समेत नपाएको गुनासो गरिन् ।
नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले शनिबार प्रधानमन्त्री ओलीले देशका १६५ वटा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकको शिलान्यास गरिए पनि ति सडकको एलाइन्मेन्ट र डीपीआर समेत नभएको दाबी गरे । सांसद साहले भने ‘प्रधानमन्त्रीज्यू ! यस्तै शिलान्यास गर्नु छ भने किन दिनैपिच्छे दुख गर्नु हुन्छ, रेडबुक तयार गरी एकैचोटी शिलान्यास गरे भइहाल्यो नि ?’
कांग्रेस सांसद शाहीले विरामी एम्वुलेन्स नपाएर अकालमा ज्यान गुमाउनु परेको अवस्थामा ठूला आपराधि र भ्रष्टाचारीलाई गणतन्त्र मनाउने नाममा छोडाउनु र चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिले कैद मिनाहा गरिदिने प्रबृत्ति प्रति आपत्ति जनाइएन ।
‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने प्रधानमन्त्रीले राज्यको कर छली गर्नेको घरमा पार्टी कार्यालय स्थापना गर्नु हुन्छ । नागरिकता जस्ता महत्वपूर्ण विधेयकहरु थन्किन्छन् । संविधान विपरित संवैधानिक परिषद् सम्वन्धी अध्यादेश ल्याइन्छ, अनि महिला सांसदहरुले महिला हिंसा सम्वन्धी बिधेयक ल्याउन दिएनन् भनेर भन्न पाइन्छ ।’
उनले संसदले बनाएको प्रधानमन्त्री संसद नआउने, सिंहदरबार पनि नआउने हो भने अब बालुवाटरमा मात्र होइन, बाल्कोटै गए भइहाल्यो नि भनेर सुझाव दिँदै बालुवाटार पनि सरकारी निवास नै भएको बताइन् ।
सांसद भिमसेनदास प्रधानले नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजिनामा मागेको र उहाँ सदनमा नआउनु भएकोले यस्तो क्रियाकलाप अराजनीतिक, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...